ज्ञवा संचार अभियान, गुल्मी |
ज्ञवा संचार अभियान 'अभियान ज्ञवा संचारको, सुचना र खबर संसारको' भन्ने मुलनाराका साथ गुल्मी जिल्लाको 'ज्ञवा क्षेत्र' (प्रसिद्ध धार्मिक, ऐतिहासिक र सम्भाबित पर्यटकीय स्थल)बाट ज्ञवा क्षेत्रलाइ चिनाउने उदेश्यका साथ २०११ अप्रिल २३(बैसाख १० गते) औपचारिक रुपमा सामाजिक संजालको सहारा लिएर स्थापना भएको हो |
सामाजिक संजालमा 'ज्ञवा क्षेत्र गुल्मी' नामबाट गुल्मी, बलेटक्सार-९ लामाखर्क निवासी गोकर्ण (प्रकाश) ज्ञवालीले संचालन गरेका हुन् | 'ज्ञवा' लोपउन्मुख 'ज्ञव्' नामको पूर्ण रुप हो | गुल्मी जिल्लाको बलेटक्सार र चौतारा गाबिस अर्थात सिमित स्थानको पुरानो नाम हो यद्दपी यस स्थानको पुरानो नाम संगै यस क्षेत्रका युगान्तर देखि ओझेलका परेका धार्मिक एबम ऐतिहासिक स्थल, सम्भावित पर्यटकीय स्थल आदिलाइ सम्बर्धन, प्रबर्धन, विकास, बिस्तारमा टेवा पुर्याउने, देश देखि विदेशसम्म छरिएर रहेका बन्धु-बांधब बीच हाम्रो गाउँ-ठाउँप्रति सहानुभूति दर्साउने, यस क्षेत्रको सूचना प्रबाह गरि यस क्षेत्रको गतिबिधि देश विदेशसम्म पुर्याउने, समग्र गुल्मी जिल्लाको पनि आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक घटनाक्रमलाइ सामाजिक संजालको पेजबाट सम्प्रेसन गर्ने उदेश्य लिएर ज्ञवा क्षेत्र, गुल्मी नामबाट एउटा अभियान संचालन भएको हो |
गोकर्ण प्रकाश ज्ञवाली |
सामाजिक संजालबाट बिभिन्न साथीहरुसंग सहकार्य गरि 'ज्ञवा क्षेत्र गुल्मी नेटवर्क' को रुपमा अभियान यहाँ सम्म आएको छ | सूचना र खबरलाइ बिसेष प्राथमिकता साथ सम्प्रेसन गर्ने क्रममा 'ज्ञवा संचार अभियानको रुपमा अदृस्य रुपमा 'ज्ञवा क्षेत्र गुल्मी नेटवर्क'ले संचालन गरेको अभियान आज एउटा फराकिलो र सार्बजनिक अभियानको रुपमा यहाँसम्म पुग्न पाउदा अभियानको शुरुको खुड्किलामा पुगेको आभास भएको छ | हामीले अहिले गुल्मी जिल्लाका बिसेष खबर र रास्ट्रिय अन्तरास्ट्रिय खबर समेट्न बिभिन्न संचार माध्यममा कार्यरत गुल्मेली संचारकर्मी मित्रको सहारा लिएर ज्ञवा संचार अभियान मार्फत सूचना सम्प्रेसन गर्न सफल छौं | ज्ञवा क्षेत्र गुल्मी नेटवर्कको रुपमा हाल अन्नपूर्ण रास्ट्रिय दैनिकका बुटवल रिपोर्टर महेन्द्र थापा, माउनटेन टेलिभिजन र स्वास्थ्य पत्रिकाका रुपन्देही रिपोर्टर चन्दकान्त खनाल, लुम्बिनी टेलीभिजन तथा अनलाईन रिपोर्टर कपिल ज्ञवाली, रिडीबाट स्थानिय खबरको रुपमा रुरु नेटवर्कका संचालक सुन्दर कसजु, विदेशबाट गुल्मी दिगाम सेरोफेरो ब्लग रिपोर्टर एबम सामाजिक संजालमा 'गुल्मी' पेजका संचालक एमलाल बेलबासे, यस अभियानका संचालक गोकर्ण ज्ञवाली र निजका दाजु हरि प्रसाद ज्ञवालीको सहकार्यमा संसारभर सूचना प्रवाह गर्न सफल रहेको अवस्था हो |
आफ्नो कार्यव्यस्तताको बाबजुत पनि ज्ञवा क्षेत्र र सिंगो गुल्मी जिल्लाको हितको लागि अथक मिहिनेत र प्रयास साथ हामीलाई साथ दिने संचारकर्मी मित्रहरुप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौं | हाल रेडियो पत्रिका 'ओझेलका खबर' रेडियो स्काई गुल्मीको उत्पादन र प्रेम सुनारको प्रस्तुतिमा ज्ञवा संचार अभियानले सहकार्य गरि संचालन गर्दै आएको छ | ज्ञवा संचार अभियान यहाँ सम्म आउनुमा यहाँहरु सबैको सहयोग र सुझाब, सल्लाह नै हो जसप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छौं |