
उहाँका अनुसार काठमाडौं उपत्यकासहित मध्य र पश्चिम तराइमा
गर्मी अझै बढ्नेछ । पूर्वमा मेघ गर्जनसहित क्षणिक वर्षाको संभावना भएकाले
त्यहाँ गर्मी नबढ्ने अनुमान छ । सोमबार र मंगलबार पश्चिमी वायुको प्रभावका
कारण तराईमा मौसम बदलिएको थियो । मौसम बदलीसँगै घटेको तापक्रम फेरि बढ्ने
भएको हो ।
मौसमविद् कँडेलका अनुसार पश्चिमी वायुको प्रभाव घट्दै गएकाले
काठमाडौं सहित तराईमा तापक्रम बढ्ने अनुमान गरिएको छ । बुधबार देशभर आशिंक
बदलीको संभावना छ । तर पानी पर्ने कम संभावना रहेको जल तथा मौसम
पूर्वानुमान महाशाखाले जनाएको छ ।