सामुदायिक विद्यालयको एसएलसी नतिजा कमजोर हुँदै गएको चर्चा चलिरहेका बेला बुटवलको बुटवलमा एक छात्राले ठूलो सफलता हात पारेकी छन् ।बुटवलको शान्ति नमूना उच्च माध्यमिक विद्यालयकी छात्रा भावना अर्यालले ९३.८७ प्रतिशत अंक प्राप्त गरेकी छन् । बुटवलको मणिग्राममा रहेको उक्त विदालयकी छात्रा भावना छात्रातर्फ नेशनल टपर समेत भएकी छन् । अहिलेसम्म अरुको दावी नआएकोले उनी नेशनल टप भएको बताइएको छ ।
भावना यसअघिका अन्य परीक्षामा पनि जिल्लामै प्रथम स्थान हासिल गर्दै आएकी थिइन । उनले कक्षा ६ सम्म न्यू इन्भारामेन्ट बोर्डिङ स्कूलमा अध्ययन गरेकी थिइन् । उनी कक्षा ७ बाट सामुदायिक विद्यालयमा अध्ययन थालेकी थिइन ।
भावनासँगै शान्ति नमूना उमाविबाट अर्का २ छात्राले पनि उत्कृष्ट अंक
ल्याएका छन् । शान्ति नमूनाका विपना कुँवर र संस्कृति भट्टराईले ९२ प्रतिशत
अंक प्राप्त गरेकी छन् ।