सघन उपचार कक्षकाे साेमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले उद्घाटन गरे । उक्त उदघाटन समारोहमा बोल्दै मन्त्रि अधिकारीले लुम्बिनी अंचल अस्पताललाइ ५ सय बेडको सम्म बनाउन अस्पतालले स्वीकृति मागेमा सरकार तयार रहेको बताएका छन् | अस्पतालको नबनिर्मित उक्त सघन कक्षमा एकजना बिरामीको सेवाशुल्क रु.२ हजार लाग्नेछ |
अस्पतालले यसै वर्ष आफ्नो स्वामित्वका व्यवसायिक सटरहरुलाई पहिलोपटक टेण्डरमार्फत भाडामा लगाएर आम्दानी झण्डै चार गुणाले बढाएपछि आईसीयू सञ्चालन सम्भव भएको हो ।
आइसीयूका लागि हाल वार्षिक करिब ७० लाख रुपैयां खर्च हुने मेडिकल सुपरिटेण्डेन्ट डा. तारानाथ पौडेलले जानकारी दिए ।