
मिर्मीबाट सडक फराकिलो बनाउने कार्य अहिले चन्डीभन्ज्याङ गाबिसको कारीकोटसम्म आइ पुगेको छ्। साँघुरो र एकतर्फी मात्र रहेको सडकलाई रिडी सम्म नै दुइ लाईनको फराकिलो बनाउने उद्देश्यले अहिले डोजरले सडक खन्ने काम जारी राखेको छ्।
चन्डीभन्ज्याङ र रुरु गाबिस लाई जोड्ने गरी रिडीको पुलक्याम्पमा फलामे पक्की पुल हाल निर्माणाधिन अवस्थामा रहेको र उक्त पुलको निर्माण सम्पन्न भए लगत्तै रिडी आलमदेवी हुँदै मिर्मीसँग जोडीने छ्।
यो सडकले रिडीलाई मात्र नभइ समग्र गुल्मी जिल्लालाई स्याङ्जा जिल्लाको सम्पूर्ण हिस्सा र कास्कीमा पोखरासम्म जोड्ने छ्। यसले गर्दा अब गुल्मेली जनतालाई पाल्पा हुँदै पोखरा जान पर्ने छैन भने सडकको दुरी सेमत घट्ने छ्।
तस्बिर श्रोत: कमल ढकाल