
देविस्थान प्राथामिक विद्यालय हर्दिनेटा– १, गुल्मीका विद्यार्थी यसरी टहराको चिसो भुँईमा बसेर पढ्न बाध्य भएका हुन् ।
गत बेशाख १२ गते गएको भुकम्पले विद्यालयको पक्की भवन बस्नै नहुने गरी भत्काई दिएपछि अस्थाई टहरा बनाएर बढाउन बाध्य भएको त्यस विद्यालयकी प्रधानध्यापक पार्वता सुनारले बताईन् । उनले भनिन्–‘त्यसै पनि ठुलो आर्थिक समस्या झेलेर सञ्चालन हुँदै आईरहेको यस विद्यालय यस पालिको भुकम्पले थप संकटमा परेको छ ।’
अर्की शिक्षिका गोमा वलालका अनुसार त्यस विद्यालयमा अधिकांस गरिव दलित र जनजातीका छोरा छोरी पढ्ने गर्दछन् । वलाल र प्रधानध्यापक सुनारले देश–विदेशमा रहेका व्यक्ति वा संघ संस्था मार्फत सहयोगको लागी पैल गरेका छन् ।
‘निजी श्रोतका शिक्षकहरुलाई तलव खुवाउन समेत हम्मेहम्मे परेको बेला झन भुकम्पले विद्यालय सञ्चालन गर्ने चुनौती थपी दियो’– प्रधानध्यापक सुनारले भनिन् –‘हामी तपाईको सञ्चार माध्यम मार्फत सवैसंग सहयोको अपिल गर्दछौं ।’ कक्षा कोठाहरुको अभावमा त्यस विद्यालयका सवै कक्षाको पढाई समेत सामुहिक रुपमा हुने गरेको छ ।