
पोखरामा सुर्खेत, धनगडी, वर्दिया, दाङ वाट ल्याइएका खसी वोकाले धान्न सक्ने पोखरा खसीबोका व्यवसायी समितिका सचिव ज्ञानहरी आचार्यको भनाइ छ । पत्रकार सम्मेलनमा बोल्दै कास्की खसी तथा कुखुरा मासु व्यवसायी समितिका अध्यक्ष भोलानाथ ओझाले भारतीय खसी वोकाको मासुमा फाइदा केही वढि हुने भए पनि आफ्नै मुलुकका किसानलाई टेवा दिन र राष्ट्रियता को प्रश्न उठेकोले भारतीय खसीवोका विक्री नगर्ने निचोडमा पुगेको दावी गर्नुभयो ।
भारतले गरेको नाकावन्दीवाट नेपाली नागरिकहरुले पाठ सिक्दै जानु लाई सकारात्मक रुपमा हेरिएको छ । व्यवसायीहरुले अहिले नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने अभियाननै सुरु गरेका छन् ।
यसअघि पोखराको बजारमा दैनिक करीब ७ हजार ५ सय किलो मासु बिक्रि हुने गर्दथ्यो भने त्यसको ६० प्रतिषत मासु भारतिय बजारका खसीबोकाको हुने व्यवसायीको भनाई छ । पोखरा खसीबजारबाट मासीक ६ हजार ५ सय खसीबोकाको बिक्रि हुने गर्दथ्यो । भारतिय नाकाबन्दीका कारण अहिले बजारमा ४० प्रतिषत बिक्रि कम भएको पोखरा खसीबोका व्यवसायी समितिका सचिव ज्ञानहरी आचार्यले बताउनुभयो ।