
रिडीमा रहेका दुइवटा गुठ, ठुलो र सानो गुठका यस बर्षका लागि पाले भाई क्रमश सोचित भारी र चन्द्र लाल कसजूको घरबाट पूजा निकालिएको थियो। पूजा ठुलो गुठले भगवती र सानो गुठले गणेश भैरव मन्दिरमा गरेका थिए।
पूजाको क्रममा बली चढाइएको बोकाको मासुलाई एक पाखे स्वादमा पकाइएको थियो। र उक्त पकाइएको मासुलाई सम्पूर्ण गुठीयार भाईहरुलाई बाँढीएको थियो। कार्यक्रमको अन्त्यमा आउने बर्षका लागि ठुलो गुठले केदारलाल प्रधान र सानो गुठले अमृतमान बजिमायाको घरमा गइ बिधीवत रुपमा पालोको जिम्मेवारी हस्तान्तरण गरेको थियो | तस्बिर : रुरु नेटवर्क