रुरु हृषिकेश मन्दिरमा आरतीको समय विद्युतीय बाजा बज्ने

ज्ञवा संचार, भदौ १२ | गुल्मीको रुरुधाममा अवस्थित हृषिकेश मन्दिरमा आरतीको समय अब स्वचालित विद्युतीय संगीत बज्ने भएको छ | 
बुटवलका यदुनाथ पाण्डेले आफ्ना मातापिताको स्मृतिमा उक्त संगीत बाजा ऋषिकेश मन्दिरलाई उपलब्ध गराउनु भएको हो | रुरु धार्मिक सेवा संचार प्रालिले उक्त संगीत बाजा जडानको लागी यदुनाथ पाण्डेसंग आग्रह गरेको थियो |   आरतीको समय बिद्युत स्विच अन गरेपछि उक्त बाजाले स्वत संगीत दिन थाल्ने सहयोगी पाण्डे बताउछन | 

आरतीको समय बज्ने यो विद्युतीय बाजाको ऋषिकेशमा पहिलो अभ्यास भएतापनि यस अघि पाण्डेले बुटवल तथा अर्गलिको मन्दिरमा यो बाजा उपलब्ध गराईसकेको बताउछन | 'यहाँ जडान भइसक्यो अब अर्गलिको राधाकृष्ण मन्दिर र शिवालयमा पनि जडान गर्न आग्रह गर्नुभएको छ, त्यसको तयारीमा छौं' पाण्डेले भने |  
रुरु धार्मिक संचार गृहको पहलमा ऋषिकेश मन्दिरमा यस अघि बिधुत प्राधिकरणले बिस हजार मुल्य पर्ने बल्ब मन्दिरलाइ उपलब्ध गराएको थियो | यो संगै संचार गृहको सक्रियतामा ऋषिकेश मन्दिरले केहि समय यता मुहार फेरिरहेको छ |
त्यस्तै आगामी मङ्सिरमा ऋषिकेश मन्दिरमा भजन प्रतियोगिता गरिने भएको छ | यस अवसरमा मन्दिरको योगदान पुर्याउनेहरुलाइ सम्मान गरिने पनि संचार गृह बताउछ |