
मृतकमध्ये लिङतेपका चमेली लिम्बू र मनमाया लिम्बु, लिवाङका देबेन्द्र लिवाङ, खोक्लिङका सबिन मादेन र बसन्त बिकको मात्र सनाखत भएको छ। ताप्लेजुङका लिबाङ, थोक्लिङ, थिङलाबु र लिङकेत गाविसको सबै वडामा एकै पटक भिषण पहिरो जांदा उनिहरुको मृत्यु भएको हो।
यी गाविसबाट अझै केही स्थानिय सम्पर्कमा नआइसकेकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ। खामलुङ गाविसका केही वडामा पनि पहिरो गएको छ। मृत्यु भएकाहरुमध्ये पांच जनाको शव थिङलावुबाट, २ जनाको शव खोक्लिङबाट, २ जनाको शव सान्थाक्राबाट, एक जनाको शव लिबाङबाट र दुई जनाको शव लिङथेपुबाट निकालिएको प्रहरीले जनाएको छ।
उद्धारको लागि काठमाडौंबाट समेत सेनाको हेलिकप्टर ताप्लेजुङ गएपनि खराव मौसमको कारण घटनास्थल पुग्न सकेको छैन। स्थानिय प्रहरी र स्थानीय सर्वसाधारण अहिले प्रभावित स्थानमा उद्धारमा खटिएका छन्। उता, गएराती नै ताप्लेजुङको म्याङखामा पनि पहिरो जांदा मेची राजमार्ग अवरुद्ध बनेको छ। पहिरो गएराती पौने १२ बजे गएको हो। तस्बिर सौजन्य: नागरिक न्यूज