ज्ञवा संचार, जेठ२८ | गुल्मी जिल्लासंगै छिमेकी जिल्लाहरुमा बहुचर्चित रेडियो पत्रिका ओझेलका खबर प्रस्तोता प्रेम सुनारलाइ व्यक्तिगत रुपमा आर्थिक र भौतिक सहयोग प्राप्त भएको छ | कार्यक्रम सुनेर प्रभावित र केहि मनकारी व्यक्तिले उक्त सहयोग सुनारलाइ उपलब्ध गराएका हुन |
कार्यक्रम ओझेलका
खबरलाई अझ शसक्त र लोकप्रिय बनाउने उदेश्यका साथ अमेरीकाबाट यातायात व्यबस्थापनका लागी व्यक्तिगत रुपमा आर्थिक सहयोग प्राप्त भएको हो | अमेरिकामा
कार्यरत आँपचौर ६ ईन्द्रेगौडाका कृष्ण अधिकारीले ओझेलका
खवरलाई गाउँगाउँसम्म पुर्याउन सकियोस भन्ने उद्देश्य राखी प्रस्तोता सुनारलाई यातयात व्यवस्थापनका लागि भनेर रु.५० हजार नगद उपलब्ध गराउनु भएको छ | अधिकारीले सुरुदेखि
आफु ओझेलका खवरको नियमित श्रोता भएकोले ओझेलका खवर सञ्चालक सुनारलाई
व्यक्तिगत रुपमा सहयोग गरेको बताएका छन् ।
यस्तै गुल्मी जिल्ला घर भइ हाल बेलायतमा रोजगारको सिलसिलामा कार्यक्रत नेपालीहरुले संयुक्त रुपमा रु.३५ हजार मूल्य बराबरको अत्यआधुनिक भ्वाईस रेकर्डर उपलब्ध गराएका छन् | बुधबार तम्घासमा एक समारोहबीच यूके समाजका सल्लाहाकार एबं रुपाकोट निवासी मोतीराज भण्डारीले प्रस्तोता सुनारलाई उक्त भ्वाइस रेकर्डर हस्तान्तरण गर्नु भएको हो | भण्डारीसंगै समाजका अध्यक्ष जुभुङ्गका अर्जुन गौतम, उपाध्यक्ष वस्तुकाकेशव भण्डारी, सचिव जैसीथोकका शिव भण्डारी, मिडिया सेक्रेटरी आँपचौरका फणिन्द्र भट्टराई, गौडाकोटका गोकर्ण बस्नेतले संयुक्त लगानीमा '२ सय ५० पाउण्ड मुल्यको' उक्त रेकर्डर खरिद गरिएको जनाइएको छ | अत्याधुनिक रेकर्डर प्राप्त भएसंगै कार्यक्रमलाइ सशक्त रुपमा अघि बढाउने झन् जिम्मेबारी थपिएको प्रस्तोता सुनारले बताए ।

ओझलका खवर देश विदेशका दर्जनौं रेडियो र
अनलाईनबाट प्रशारण हुँदै आएको छ । यसको नियमित शृंखला ज्ञवा संचार अभियान गुल्मीको युट्युब च्यानलमार्फत पनि नियमित सार्बजनिक हुनुको साथै जुनसुकै बेला नयाँ पुराना अन्क्ज डाउनलोड गरेर सुन्न सकिन्छ | यस कार्यक्रमले विशेष गरी आर्थिक अभावका
कारण उपचार नपाएकाहरुलाई उपचार खर्च जुटाउन महत्वपुर्ण भुमिका खेलेको छ ।
त्यस्तै घरवास नभएकाहरुको व्यवस्थापन, घरेलु हिंसा लगायत समाजका विविध
गतिविधीहरुलाई उठान गर्ने गर्दछ ।