
अझै १५ जना भन्दा वढी पहिरोमा पुरिएर वेपत्ता छन् । मृतकमध्ये खोक्लिङका सविन मादेन, बसन्त विक र लिङतेपकी मनमाया लिम्बूुको पहिचान भएको छ । भेटिएकाअन्यको पहिचान खुल्न सकेको छैन ।
शव भेटिएका १५ मध्ये १२ जना लिङ्तेपका बासिन्दा रहेको उनले जानकारी दिए । स्थानीयले भने ३६ जना बढीको मृत्यु भइसकेको बताएका छन् ।
पहिरोबाट लिवाङ र थिङलावु गाविसमा सवैभन्दा वढी क्षती भएको छ । स्थानीयले भने लिवाङ गाविसमा मात्रै १८ जना पुरिएको बताएका छन् ।
लिवाङको वडा नं.२ मा १२ जना पुिीएको स्थानिय शिक्षक मातृका शेर्पाले बताए । त्यस्तै वडा न.ं ३ मा ६ जना पुरिएको स्वास्थ्य चौकीका इञ्चार्ज भरत विकले बताए ।
विकका अनुसार उनीहरुको शव निकालि सकिएको छ । थिङलावु गाविसमा १३ जना पुरिएका छन् भने सान्थाक्रा र खोक्लिङ गाविसमा तीन÷तीन जना पुरिएको स्थानियले बताए ।
दुई विद्यालय बगायो
स्थानीयका अनुसार उनीहरुको पनि शव निकालिसकिएको छ । पहिरो र मेवा खोलामा आएको बाढीले थुम्वेवा प्रावि लिवाङ–२ र नाक्ला प्रावि सावादिनको विद्यालय भवन बगाएको छ ।
मेवा खोलाको पहिरोले दुई वटा झोलुङगे पुल बगाएको छ भने आठ घर रहेका रामदुवाली बजार बगाएको छ ।
जिल्लाकै दोश्रो ठुलो दोभान बजारका बासिन्दालाई भने राती देखिनै सुरक्षित स्थानमा सारिएको प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उद्धारका लागि प्रहरी र नेपाली सेनाको टोली खटिसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसैवीच राहत तथा उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौंवाट ताप्लेजुङ आउदै गरेका ताप्लेजुङका सभासद डम्वरध्वज तुम्वाहाम्फे, प्रमुख जिल्ला अधिकारी डम्मरुप्रसाद निरौला र सशस्त्र प्रहरी प्रमुख सुधीर सुवेदीको टोली प्रतिकुल मौसमका कारण ताप्लेजुङ आउन नसकी विराटनगर विमानस्थलमै रोकिएका छन् ।
मौसम सुधार हुनासाथ राहत तथा उद्धारका लागि घटनास्थलतर्फ जाने सभासद तुम्वाहाम्फेले जानकारी दिए । राहत तथा उद्धारका लागि काठमाडौंवाट आउन लागेको अर्को नेपाली सेनाको अर्को हेलिकोप्टर पनि प्रतिकुल मौसमका कारण आउन नसकेको बताइएको छ । -अन्नपूर्णपोस्टबाट