बुधबार अफ्रिकी देशहरुका शरणर्थीलाई इटालीतर्फ लिएर जाँदै गरेको जहाज भूमध्य सागरमा डुबेको छ । जहाजमा करिब ४५० मानिसहरु सवार थिए जसमध्ये १० प्रतिशत मानिसहरु बच्न सफल भएका छन् ।सीरियासमेत थुप्रै इस्लामिक देशमा खराब अवस्थाका कारण अफ्रिकी देशहरुमा फैलिरहेको भोकमरीका कारण दैनिक हज्जारौंको संख्यामा शरणार्थी समून्द्रको बाटो हुँदै युरोपियन देश जाने गरेका छन् ।
कहाँ कति शरणार्थीः
सन् २०१४ मा ७ लाख मानिसहरुले युरोपियन देशहरुमा शरण लिन अपिल गरेका थिए । सिरिया, सर्बिया कोसोवो र इरिटरिया देशका २ लाखभन्दा बढि मानिसहरुले जर्मनीमा शरण लिइसकेका छन् ।
स्विडेमा प्र्रति हजार ८.४ शरणार्थी दर छ ।
सन् २०१४ मा १ लाख ७० हजार मानिसहरु शरणार्थीको रुपमा इटालीमा छन् ।
समून्द्रमा मृत्युः
अप्रिल २०१४ मा भूमध्य सागरमा यस्ता घटना १८ वटा भइसकेका छन् ।
१९ अप्रिल २०१५ मा ८०० मानिसहरुको मृत्यु भएको छ ।
१३ अप्रिल २०१५ मा ४००
यति भाडाः
अफ्रिकी देशका नागरिकसँग ४ देखि ७ सय डलर सम्म भाडा लिने गरिएको छ ।
सिरिया, लिबिया जस्ता इस्लामिक देशबाट प्रतिव्यक्ति १५ सय डलर लिने गरिएको छ ।
खतराको हिसाबले तिरिरहेका छन् मूल्यः
राम्रो जिन्दगीको सपना पूरा गर्नका लागि यी शरणार्थीहरुले समुन्द्रको बाटो हुँदै युरोपियन देशसम्म पुग्न जहाज चालकलाई पैसा दिइरहेका छन् जुन देशमा बढि खतरा छ त्यहाँ जान बढि पैसा तिर्नुपर्ने प्रावधान रहेको छ ।