
जोहाङ १ खल्लुकरुखमा रहेको सार्वजनिक जग्गामा उक्त खेलमैदान बनाउन थालिएको छ। करिब १ बर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको उक्त सार्वजनिक जग्गामा खेलमैदान बन्ने भएपछि उक्त खेलमैदान त्यस क्षेत्रकै एक उत्कृष्ट खेलमैदान हुनेछ।
उक्त खेलमैदानबाट ढाव, खल्लुकरुख, उल्लिखोला, चोरकाटे लगायत क्षेत्र प्रत्यक्ष लाभान्वित हुनेछन् भने क्षेत्रीय तथा जिल्ला स्तरीय खेलहरु पनि आयोजना गर्न सकिनेछ। क्रीकेट, फुटबल, भलिबल लगायत विभिन्न खेलका लागि उपयुक्त हुने गरि निर्माण सुरु गरिएको क्लबले जनाएको छ। उक्त खेलमैदान निर्माणले उक्त क्षेत्रको खेलको बिकासमा महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ।
उक्त मैदान विभिन्न सार्वजनिक कार्यक्रमको लागि पनि उपयुक्त हुनेछ। आर्थिक अभावका कारण क्लबले उक्त महाअभियानमा सहयोग गर्न अनुरोध गरेको त्यहाँबाट हाम्रा साथी सुशील क्षेत्रीले जानकारी दिनुभएको छ।