ज्ञवा संचार, जेठ २८ | मौसमविद्हरुले हाल शुरुवातीको मनसुन सुखद् नहुने बताएका छन् | आमनागरिकलाई सजक भएर बस्न उनीहरुले आग्रह गरेका छन । बैशाख १२,१३ र २९ गते गएको महाभूकम्पले पहाडका धेरै स्थानहरु धुजा धुजा परेकाले पहिरोको जोखिम हुने हुँदा सजक भएर बस्न आग्रह गरेका हुन । गत हप्ता रफत सञ्चार क्लब भक्तपुरले गरेको साक्षातकार कार्यक्रममा मौसम तथा जल विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले भूकम्पले जमिनको सतहलाई हल्लाएको र जमिनको मुनीको पानी सहतमा परिवर्तन देखा परेकले वर्षातको समयमा थप जोखिम निम्त्याउने भन्दै सजक रहनुपर्नेमा जोड दिएका थिए |
नेपालका हिमताल फुट्न सक्ने खतरा भएको चर्चा गर्दै सरकारलाइ सजक बन्न उनीले त्यहिबाट अनुरोध गरेका थिए । पहिले देखि नै सुख्खा पहिरो शुरु भएकोमा मनसुनको बदलाब संगै वर्षातमा थप जोखिम हुने भन्दै शर्माले जोखिम न्यूनिकरण गर्न विभाग एक्लैले मात्र केही गर्न नसक्ने र पूर्व तयारीका लागि सरकारले अहिलेदेखि नै सजक रहनुपर्ने बताएका थिए ।त्यस्तै मौसमविद् एवं जल तथा मौसम विज्ञान केन्द्रिय विभाग किर्तिपुरका उपप्राध्यापक डा. मदन सिग्देलले अहिले पूर्व मनसुन शुरु भइसकेकाले अहिलेदेखि नै मौसम प्रतिकुल बन्न थालेकाले आमनागरिक सजक बन्नु पर्नेमा जोड दिन्छन । प्रतिकुल मौसममले कृषि क्षेत्र असर पार्ने हुँदा सरकार बेलैमा सजक रहन उनको पनि अनुरोध छ । भर्खरै ताप्लेजुंग र सिन्धुपाल्चोकमा मनसुन बदलाबको शुरुवाती संगै परेको भारी बर्षाले धेरै गाउँहरु पहिरोग्रस्त बनेको बताउदै सिग्देलले पहिरोले अन्य धेरै ठाउंपनि यस्ता जोखिममा रहेको भन्दै बेलैमा सजक भएर बस्न आमनागरिकसंग अनुरोध गरेका छन् |
अर्का मौसमविद् सुदिप कायस्थले वर्षातको समय प्रतिकुल हुने भएकाले किसानहरुलाई सबै भन्दा बढि मार पर्ने बताएका छन् । भूकम्पले फाटेको जमिनबाट पानी तल छिर्ने र त्यसले पहिरो निम्त्याउने धेरै स्थानमा प्रबल सम्भावना रहेको बताउदै उनलेपनि सबैलाई सजग रहेर बस्न अनुरोध गरेका छन् |