
खेलिरहेकी बालिकालाई जर्बजस्ती बोकेर सानीमाको घरको किचनको डाईनिङ टेवुलमुनी उनलाई जबजस्ती गरेपछि उनको योनीबाट रगत बगेको थियो । घटना लगत्तै गुपचुपमा नजिकैको क्लिनकमा लगेर रगत रोक्ने औषधि र डिटोल किनेर योनी सफा गरिएको थियो । तर उनको योनीको झिल्ली समेत फुटेको लुम्बिनी अञ्चल अस्पतालको रिर्पाेटमा छ ।
‘घटना भएपछि समाज, पीडित र पीडक पक्षकाबीचमा क्षर्तिपूर्ति, उपचार बापत नगद २ लाख ५० हजार दिने सहमति पत्र -कागज) भयो, तर त्यो पैसा अहिलेसम्म पीडितले पाएका छैनन,’ स्थानिय कुशुम ज्ञवालीले भने ।
जेठ ३ गते बेलुका ६ बजे आईतबार घटना भएको पीडितका परिवारले जानकारी दिए । पीडितहरुले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दर्ता गराएका छन् भने प्रहरीले मुद्दा जिल्ला अदालत रुपन्देहीमा दर्ता गराइसकेको छ । स्रोतका अनुसार बालकको उमेर घटाएर अस्पतालको रिर्पाेट बनाइएको छ ।
यसैबीच दुर्गानगरटोल विकास संस्थाको अगुवाइमा स्थानीयहरुले बलात्कार गर्ने वालकको परिवारलाई सामाजिक बाहिस्कार गरेका छन् । छिमेकको घटना छिमेकमै मिलाउने भन्दै समाजका अगुवाहरु लागिरहेका बेला पीडकले उल्टै पीडितलाई धम्काउदै उजुरी दिएको भन्दै टोल समितिले बाहिष्कार गरेको हो । समितिले पीडकको घरमा जाने विद्युत र खानेपानीको लाइन काटिदिएका छन् । -अनलाइन खबरबाट