
जेठ २२ , क्वालालम्पुर : मलेसियाको पश्चिम तटीय क्षेत्रलाई केन्द्र बनाउँदै आज बिहान स्थानीय समय अनुसार सवा ७ बजे ६ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प मलेसियाका विभिन्न सहरहरुमा महसूस गरिएको थियो।
सबाह राज्य क्षेत्रमा यो भूकम्पको महसुस गरिएको हो | रोजगारीको शिलसिलामा जाने धेरै नेपालीहरु यो क्षेत्र देखि टाढा रहेका छन् २ सयको संख्यामा उक्त ठाउँमा नेपलिरहेको भन्ने पछिल्लो अपडेटमा जानकारी भएको छ | अन्य ठाउँहरुमा भूकम्पको निकै कम झड्का महुसुस भएको त्यहाँबाट नेपाली साथीहरुले सामाजिक संजाल मार्फत जानकारी गराई रहेको छन् |

भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको माउन्ट किनाबालुमा धेरै पहिरो गएको स्थानीय मिडियाले जनाएका छन्।
भूकम्प पछि मानिसहरु अग्ला घर र कार्यालयहरुबाट डराउँदै बाहिर निस्किएका थिए। भूकम्पले पुर्याएको मानवीय क्षतिबारे विवरण आइसकेको छैन तर स्थानीय सञ्चार माध्यम र सोसल मिडियाले क्षतिका फोटो राखेका छन् ।