गुल्मीप्रहरीद्धारा अवैध काठ वरामद

प्रेम सुनार, गुल्मी, जेठ–२० । श्रृङ्गाप्रहरी चौकीले हिजो अवैध सालको काठ वरामद गरेको छ । लु १ ख ३३१० नम्वरको मिनी ट्रकमा दिगामको मिलनफर्निचरबाट धरमपोखरा तर्फ ल्याँउँदै गरेको झ्याल,चौकस लगायतका सामग्रीबनाई सकिएको १ सय १० थान सालको काठ वरामद गरी जिल्ला वन कार्यालयमा बुझाईएको जिल्लाप्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उक्त काठ सहित त्यस ट्रकका चालक दिगाम–३ का ३४ वर्षिय चन्द्रबहादुर रानालाई समेत पक्राउ गरी जिल्ला वन कार्यालयमा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।
यस सम्वन्धमा जिल्ला वन अधिकृत विशाल घिमिरेसंग सम्पर्क गर्दा उनले उक्त काठ वरामद गरी रिडी ईलाका वन अधिकृत दुर्गादत्त कंडेललाई अनुसन्धन अधिकृत तोकेर कार्वाही प्रकृया अगाडी बढाईएको बताए ।
व्यक्तिले आफ्नो जमिनमा रहेको सालको काठ समेत ईजाजत विना काट्न वर्जित छ’– जिल्लावन अधिकृत घिमिरेले भने–‘ विना ईजाजत काटिएको सालको काठ काट्ने व्यक्तिउपर नियम अनुसार कार्वाहीको व्यवस्था रहेको छ ।
’तस्बिर : गूगल