कपिलवस्तु,२१
जेष्ठ - कपिलवस्तुको निग्लिहवा ७ पचेहरामा नयाँ बनेको घरको सेफ्टी
ट्याङ्की सफा गर्ने क्रममा ५ जना मजदुरको ज्यान गएको छ।
बिहीबार
बिहान सेफ्टी ट्याङकी भित्र पस्दा अक्सिजनको कमी भएर उनीहरुको ज्यान गएको
जिल्ला अस्पताल तौलिहवाकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कोमा
थापाले जानकारी दिए।
ज्यान गुमाउने मजदुरमा कपिलवस्तु बाडगंगा ४ का
३० वर्षिय शिव नारायण यादव, बाडगंगा ७ का ३६ भदै ठाकुर, त्यहिका २३ वर्षिय
विनोद थारु, १८ वर्षिय रमेश पासी र ४० वर्षिय पौलेश्वर थारु छन्। उनीहरुको
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको छ। |