युझाई नेसनल जिओपार्कमा पारदर्शी संगीतमय आकाशे बाटो निर्माण गरिएको हो । उच्च पहाडको किनारासँग जोडिएको यो बाटो काँचको भएकाले पारदर्शी छ । पारदर्शी हुनाकै कारणले यो बाटोमा हिँडिरहँदा आकाशमा हिँडेको जस्तो अनुभुति हुन्छ ।
५ सय ९० फिट लामो यो बाटोमा ७० प्रकारका विभिन्न खाले संगीतका धुनहरु बजाएर सुन्न सकिन्छ ।
उच्च
पहाडको घेरोमा बनेको यो आकाशे बाटोमा हिँड्दा रोमान्चक भएपनि डर पनि
त्यति नै लाग्छ । त्यसैले मानिसहरुले यो बाटोका रेलिङमा समाएर डराइ डराइ
विस्तारै पाइला चलिरहेका हुन्छन् ।
यो
वाक वे बनाउने कालिगढ कस्ता होलान् ? साँच्चीकै वीर नै हुन् । समाचार
अनुसार २१ जना कामदारले दिनरात काम गरेर यो आकाशे पदमार्ग निर्मण गरेका
हुन् र उनीहरुले दैनिक ४ सय युआन ज्याला पाएका थिए ।







