आर्थिक क्रान्तिको जग नै ग्रामिण क्षेत्र

अनिल खत्री, गुल्मी जेठ २१ ÷मुलुकको आर्थिक क्रान्तिको प्रमुख सम्भावना नै ग्रामिण क्षेत्र भएको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । मुलुक अहिलेसम्म शहरमुखी अर्थतन्त्रबाट अगाडि बढिरहेकाले केन्द्रिय अर्थतन्त्रको मानसिकतालाई चिरेर अगाडि बढ्न सकेमा मात्र आर्थिक क्रान्ति बलियो हुनमा सहभागीहरुले जोड दिएका छन ।
बुटवल मिडीया प्रकाशन प्रालि बुटवलद्धारा प्रकाशित जनसघर्षको रजत महोत्सवको अवसरमा गुल्मीको सदरमुकाम तम्घासमा आयोजना गरेको अर्थतन्त्रको जग र ग्रामिण विकास बिषयक अन्तरक्रृया कार्यक्रममा सहभागीहरु मध्ये बोल्ने अधिकाशंले मुलुकको आर्थिक क्रान्तिको जग ग्रामिण क्षेत्र भएको बताएका हुन । उनीहरुले समयमा राज्यले सोच्न नसकेकाले पनि मुलुकमा आर्थिक क्रान्ति हुन नसकेको बताए । कार्यक्रममा सहभागीहरुले मुलुकमा आर्थिक क्रान्ति गर्ने धेरै सम्भावनाहरु रहदा रहदै पनि देशको दक्ष जनशक्ति एवं युवाहरु बिदेशिनु परेको समेत बताएका थिए । बिदेशी रेमिटान्सले मुलुकको अर्थतन्त्रलाई दिर्घकालिन रुपमा धान्न नसक्ने कार्यक्रममा सहभागी बरिष्ठ साहित्यकार तथा बुद्धिजीवी शशी पन्थीले बताउनुभयो । हामीहरु बिदेशको रेमिटान्समा एक छिन भर पर्नुभन्दा पनि आफ्नै उत्पादनलाई जोड दिनुपर्ने उहाँको भनाई रहेको थियो । अहिले सिङ्गो मुलुक बृद्धाआश्रममा परिणत भएको भन्दैउहाँले युवाहरुलाई बिदेश पलायनबाट रोक्न उत्पादनसगँ जोडेर कृषि, पर्यटनमा आधारित उद्योगहरुहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । 
यस्तै कार्यक्रममा सहभागी राप्रपा नेपालका जिल्ला अध्यक्ष भरत चन्दले पनि गुल्मी जिल्लामा पछिल्लो समयमा ब्यवसायिक र कृषि जागरण आएको भन्दै कृषि र पर्यटनको विकास गरेर मुलुकमा रोजगारका अवसरहरु सृजना गरेर आर्थिक क्रान्ति हुने तथा युवाहरु बिदेश पलायन हुनबाट रोकिने बताउनुभयो । त्यस्तै रेसुङ्गा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढुण्डीराज पोखरेलले युवाहरु बिदेश जानुको कारण उत्पादन र प्रबिधीको विकास हुन नसक्नु प्रमुख कारण भएको बताउनुभयो । उहाँले पनि आर्थिक क्रान्तिको जग गाउँ नै भएको दावीगदै गाउँमा युवाहरुलाई रोजगारका अवसर नहुनुले गाउँ पुरै युवाबिहीन भएको बताउनुभयो । पछिल्लो समय युवाहरु बिदेश पलायन हुने क्रम बढेकाले यसलाई रोक्न नसके गाउँ बिस्तारै मरुभुमिमा परिणत हुने बताउदै नेकपा एमाले गुल्मीका सचिवालय सदस्य जगँ नेपालीले गाउँमा मानिसहरु मर्दा मलामी जाने समेत मानिसको अभाव हुने खतरा बढेको धारणा राख्नुभयो । उहाँले युवा पलायन हुनुको अर्को कारण श्रमको सम्मान नहुनु पनि भएको बताउनुभयो । कार्यक्रममा गुल्मी उद्योग बाणिञ्य सघंका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले अवको क्रान्ति आर्थिक क्रान्ति नै भएको भन्दै त्यसका लागि ग्रामिण क्षेत्रमा कृषि र पर्यटनमा आधारित बिभिन्न उद्योगहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो ।यता जिल्लामा पछिल्लो समयमा जिल्ला विकास समिती गुल्मीले १० बर्षे कृषि अवधारणा अगाडि ल्याएर केही युवा बिदेशपलायन हुनबाट रोकेको छ । जिल्ला विकास समिती गुल्मीका निमित्त विकास अधिकारी भक्तिराम मरासिनीले आर्थिक मुद्दा हाम्रो मुलुकमा धेरैले नबुझेकाले, आर्थिक मुद्दा बुझाउनका लागि नयाँ खालको सोच ल्याउनु पर्नेमा जोड दिनुभयो । हामीहरु आर्थिक क्रान्ति गर्ने भन्दै शहर केन्द्रित भएका छौ मरासिनीले भन्नुभयो“ शहर केन्द्रित नभएर गाउँ केन्द्रित भएका मात्र अवको अर्थतन्त्र बलियो हुन्छ ।” यस्तै कार्यक्रममा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थी, नेपाली काग्रेस गुल्मीका सचिव बिष्णु बराल, एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष शुर्दशन बराल, जिल्ला बन अधिकृत बिशाल घिमिरे, साहित्यकार दिन पन्थी, समाजसेवी तथा गुल्मी उद्योग बाणिञ्य सघंका पुर्व अध्यक्ष नन्दराम भुसाल, कृषि विकास बैक गुल्मीका शाखा प्रवन्धक टकं प्रसाद घिमिरे, ग्लोवल आईएमई बैक गुल्मीका शाखा प्रबन्धक चिरञ्जिवी शर्मा, कृषि विकास कार्यल्य गुल्मीका बाली सरक्षण अधिकृत परशुराम अर्याल, रुरु रेसुङ्गा सरक्षण विकास तथा पर्यटन समिती गुल्मीका सुचना अधिकृत बिष्णु गौतम लगायतले बोल्दै गुल्मी जिल्लामा कृषि, पशुपालन र पर्यटनको बलियो सम्भावना रहेको भन्दै कृषि, पशुपालन र पर्यटन क्षेत्रको विकास गरे मात्र आर्थिक क्रान्ति हुने बताउनुभयो । कार्यक्रममा सहभागीहरुले बहुदलिय प्रजातन्त्रको आगमनसगै प्रकाशन शुरु भएको दैनिक जनसघर्ष २४ बर्ष सम्म दैनिक र हाल साप्ताहिकका रुपमा प्रकाशन हुदै आएको जनसर्घष र बुटवल मिडीइप्रकाशन प्रालीबाट प्रकाशित हुदै आएको दैनिक पत्र दैनिक, स्वाधिन मासिकले गुल्मी जिल्लाको हरेक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए । साथै उनीहरुले जिल्लामा आर्थिक विकासको जग र ग्रामिण विकास बिषयक अन्तरक्रृया कार्यक्रमको आयोजना गरेर जिल्लाको अर्थतन्त्र बलियो बनाउन सहयोग गरेको समेत कार्यक्रममा बोल्ने क्रममा बताएका थिए ।कार्यक्रम बुटवल मिडीया प्रकाशन प्रालि बुटवलका प्रधान सम्पादन तथा कार्यकारी सञ्चालक बालकृष्ण चापागाईको अध्यक्षता , प्रमुख सञ्चालक अधिकृत मनिकर कार्कीको स्वागत रहेको कार्यक्रममा बिषयबस्तुको जानकारी बरिष्ठ सम्पादन डिआर घिमिरेले गराउनु भएको थियो भने सञ्चालन गुल्मी जिल्ला प्रतिनिधी शिबलाल सुबेदीले गर्नुभएको थियो। कार्यक्रममा अध्यक्ष चापागाईले बुटवल मिडीया प्रकाशन प्रालीले जनसर्घषको २५ बर्षमा भएका बिभिन्न घटनाक्रमहरुलाई दस्ताबेजको रुपमा प्रकाशन गर्न लागेको र २५ बर्ष सम्मको मुलुकको सम्रग चरित्र र प्रवृत्तिलाई प्रतिबिम्बित गरिएको जनसर्घषको अनुसन्धानमुलक रजत स्मारिका समेत प्रकाशन गर्ने तयारीमा जुटेको जानकारी गराउनुभएको थियो । बुटवल मिडीया प्रकाशन प्रालिले अर्थतन्त्रको जग र ग्रामिण विकास बिषयमा बुधबार अर्घाखाचीको सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो भने शुक्रवार पाल्पाको तानसेनमा कार्यक्रम गर्ने मिडीयाका सम्पादन तिलक आचार्यले जानकारी दिनुभएको छ ।