ज्ञवा संचार, जेठ २१ | गुल्मी क्षेत्र नम्बर २ का सभासद चन्द्र भण्डारीले आज एक समारोहबीच गुल्मी शृङ्गास्थित शृङ्गा जनता उच्च माध्यामिक बिद्यालयलाइ १० थान कम्प्युटर हस्तान्तरण गरेका छन् | कम्प्युटर हस्तातरण गर्दै सभासद भण्डारीले आधुनिक शिक्षाको अपरिहार्यतालाई जोड दिएका थिए |
कम्प्युटराइज युगमा बिद्यार्थीहरु कोहि कम्प्युटरलाइ अनौठो चिज ठान्ने अवस्था नआवोस भनेर आधुनिक शिक्षाको शुरुवातीको रुपमा एक बिकल्प कम्प्युटरलाइ लिएको सभासद भण्डारीले बताएका छन् | उनले
शिक्षाको आधुनिकरणको निम्ति जहाँ जस्तो सहयोग आवस्यक परेपनि गर्न तयार रहेको बताउँदै यहि शिलसिलामा शृङ्गा उमाबीलाइ कम्प्युटर हस्तातरण गरेको बताए | शृङ्गा जनता उच्च माध्यामिक बिद्यालयलाइ सभासद भण्डारीले कम्प्युटर हस्तान्तरण गर्दै गर्दाको केहि झलकहरु बलेटक्सार निबासी तोयनारायण ज्ञवालीले सौजन्य गर्नुभएको हो |