हरि खड्काले सोधे, ‘प्रधानमन्त्री ज्यु रिप्लेस हुने की ?’,सुशीलले भने, ‘किन रिप्लेस हुनु ? अझै खेल्छु !’


काठमाडौं, जेठ २३– ‘प्रधानमन्त्री ज्यु, मौसम पनि राम्रो छैन, उता कलारकारतर्फका टिम क्याप्टेन पनि रिप्लेस भैसके,तपाई पनी रिप्लेस हुने की ?’ ‘किन, यस्तो मौसम हामी नेपालीको लागि सामान्य हो, म रिप्लेस हुन्न अझै खेल्छु !’
नेपाली राष्ट्रिय फुटवल टिमका पुर्व कप्तान हरि खड्का र प्रधानमन्त्री शुसील कोईरालाबीच हलचोक मैदानमा यस्तो संवाद भएसँगै अन्य शीर्ष नेताले मैदान छाडेपनि प्रधामन्त्री भने भिडिरहे ।

भूकम्प पिडीतको सहयोगार्थ शीर्ष नेता र चर्चित कलाकारबीच शनिवार भएको मैत्रिपुर्ण फुटवल प्रतियोगीतामा करिब दश मिनेट भीडेपछी मुख्य दलका शीर्ष नेता बाहिरिएका थिए । तर प्रधानमन्त्री धेरैकोे अनुमानविपरित भने २५ मिनेट मैदानमा टिके ।
चर्को घाम र स्वास्थका कारण कोईरालालाई अन्य नेताहरुको आग्रहमा प्रशिक्षक हरि खड्काले पटक–पटक रिप्लेश हुन आग्रह गरेका थिए । २५मिनेटमा रिप्लेस भएका कोईराला नेताहरुको तर्फबाट टिमक्याप्टेन थिए । खेल सकिएपछी विजयी कलाकार टिमलाई धन्यवाद दिएर मात्र उनले सशस्त्र प्रहरीको हलचोक मैदान छाडे |
एमाओवादी अध्यक्ष प्रचण्ड,बरिष्ठ नेता डा. बावुराम भट्टराई, एमाले अध्यक्ष केपी ओली, पूर्व प्रधानमन्त्रीहरु माधव नेपाल,झलनाथ खनाल,मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदार लगायतका शीर्ष नेताहरुले मैत्रिपुर्ण फुटवलमा सहभागीता जनाएर राष्ट्रिय एकताको सन्देश दिए ।
यता कलाकारको तर्फवाट हरिवंश आचार्य,मदनकृष्ण श्रेष्ठ, जितु नेपाल, शंभुवित बास्कोटा, जितु नेपाल, दिपकराज गिरी, कोमल वली, लगायतका चर्चित कलाकारले प्रतियोगीतामा सहभागीता जनाएका थिए ।
‘भूकम्प पिडीतका लागी पार्टी र कलाकार एकै ठाउँमा छन् भन्ने सन्देश दिएको छ’ एमाओवादी सचिव बर्षमान पुन (अनन्त)ले भने, ‘यो प्रतियोगीताले घर ढलेकाहरुलाई नयाँ आशा देखाएको छ ।’
नयाँ पत्रिका राष्ट्रिय दैनिकले अयोजना गरेको प्रतियोगीतामा मुख्य दलका नेताहरु र नेपालका अधिकांश चर्चित कलाकाहरुको उत्साहपुर्ण सहभागीता रहेको थियो ।
एमाले सचिव योगेश भट्टराईले जस्तोसुकै विपत परेपनि सिंगो नेपाली एक भएर सामना गर्न सक्छन् भन्ने सन्देश दिन यो प्रतियोगीता सफल भएको बताए । उनले भने, ‘विपतका बेला एक भएर अगाडी बढ्न आम नेपालीलाई यो प्रतियोगीताले हौसला प्रदान गरेको छ ।’
एमाओवादीका स्थायी समिती सदस्य जनार्दन शर्मा (प्रभाकर)ले दुःखमा एकता जरुरी रहेको सन्देश दिन प्रतियोगीता सफल भएको बताए ।
कलाकारको टिमवाट मैत्रिपुर्ण फुटवलमा सहभागी भएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले प्राकृतिक प्रकोपले हामीलाई जत्ति पीडा दिएपनि फेरी जाग्नुपर्ने र मिलेर पुनर्निर्माणमा लाग्नुपर्ने खाँचो औंल्याए । उनले भने, ‘हामी सबै मिलेर यो दुःखको घाउ निको पार्नुपर्छ त्यसका लागी हामी आफैं सक्षम छौं ।’
त्यस्तै कलाकार सीताराम कट्टेलले मैत्रिपुर्ण फुटवलको माध्यमवाट एकताको सन्देश प्रवाह गर्न सफल भएपनी त्यस्तो सन्देश पल पलमा आवश्यक रहेको उनले बताए भनेर रातो पाटी अनलाइनले लेखेको छ |