NTC र CDMA दुबैमा लाग्ने NTCको नयाँ रिचार्जकार्ड बजारमा

अब सिडीएमएमा पनि हुनेभयो १००को रिचार्ज
जेठ २४ | नेपाल टेलिकमले रिचार्ज गर्ने नयाँ तरिका ल्याएको छ। पछिल्लो समय निकालेको रिचार्ज कार्डबाट उसले नयाँ तरिका ल्याएको हो। यो नयाँ कार्डबाट एनटिसी मात्र नभएर सिडीएमको पनि रिचार्ज हुन्छ | यस अघि सिडीएमएको २ सय भन्दा तलको कार्ड किन्न पाइदैन थियो र सबैठाउँ उपलब्ध पनि हुने थिएन |
पहिले *४११* पिन नम्बर # गर्नुपर्नेमा अहिले *४१२* पिन नम्बर # गरेर प्रिपेड मोबाइल रिचार्ज गर्न सकिन्छ | यहि कार्डलाइ १४१५ डायल गरेर निर्देशन बमोजिम पिन डायल गरेपछि सिडीएमएको मोबाइल रिचार्ज हुन्छ | 
यो कार्डलाई पोस्टपेडमा *४१२* पिन नम्बर * १०# डायल गरेर रिचार्ज गर्नुपर्ने हुन्छ ।
अब एउटै रिचार्ज कार्डबाट GSM तथा CDMA मोबाइलमा रिचार्ज गर्न सकिने यो मज्जाको नयाँ प्रबिधि नेपाल टेलीकमले भित्र्याएपछी शहरी भन्दा प्रयोगकर्ता बढी भएको ग्रामिण क्षेत्रका सिडीएमए प्रयोगकर्ता निकै नै खुसि भएका छन् ।

रिचार्ज गर्ने नयाँ तरिका
• 1415 डायल गरी प्राप्त निर्देशन अनुसार सिडीएमए रिचार्ज गर्ने
• *412*Pin Code# डायल गरि एनटिसी प्रिपेड रिचार्ज गर्ने
• http;//webrecharge.ntc.net.np मार्फत पनि गर्न सकिन्छ |
त्यस्तै *४१२* पिननम्बर *१०# गरेर एनटिसी पोस्टपेड रिचार्ज हुन्छ | 
Recharege भए नभएको थाहा पाउन ः
• GSM प्रिपेडको लागि *400# वा 1415 डायल गर्ने
• CDMA का लागि 1415 डायल गर्ने |