
बिक्रम खड्का, गुल्मी २३ जेठ । नेपाली कांग्रेस गुल्मी क्षेत्र न ३ को क्षेत्रिय समितिले सबै २८ वटै गाविसमा भुकम्प विशेष गांउ सभा शुरु गरेको छ ।
बैशाख १२,१३ र र २९ गते गएको भुकम्पका कारण ठुलो भौतिक क्षती भएपनि ओझेलमा परेको त्यहाँको समस्या राज्यको निकायबाट आवश्यक ध्यान नपुगेको ठहर गर्दै गांउगांउमा सभासम्मेलनका साथै श्रमदानमा जुटेको छ ।
गुल्मी जिल्लाकै विकट मानिने ३ नम्मर क्षेत्रका २८ गाविसमा करिव ५ सय भन्दा वढि घरहरु पुर्णरुपमा क्षतीग्रस्त भएका छन् । मानविय क्षती नभएपनि धेरै सर्वसाधारणहरु घरवारविहिन भएकोले उनिहरुलाई आवश्यक राहात पुर्याउने उदेश्यले क्षत्रिय समितिको अयोजनामा पार्टिका जिल्ला तथा गाउ तहका नेता कार्यकर्ताहरु घर घरमा पुगेका छन् । सोहि क्रममा शनिबार भुकम्पले वढि क्षती पुर्याएको पिपलधारा र नयांगाउमा गाउ सम्मेलन सम्पन्न भएको छ ।
भुकम्प पिडित सर्वसाधारणहरु,पार्टिका क्रियाशिल सदस्यहरु एवं पार्टिका नेताहरुको सहभागितामा भएको सम्मेलनले पिडितहरुको राहात र पुनस्थापनमा सक्दो सहयोग गर्ने, मानवियताका हिसावले आफु सक्दो सहयोग प्रुयाउने,प्रतेक क्रियाशिल सदस्यले पायक पर्ने स्थानमा श्रमदान गर्नुपर्ने तथा हावाहुरीबाट बच्न सक्ने खालको आवास निमार्णका लागि राज्यको समेत ध्यानाकर्षण गर्ने निर्णय भएको क्षत्रिय सभापती दामोदर भुषालले बताउनु भयो ।
पिपलधारमा गाविस सभापती नविन जिसीको अध्यक्षतामा भएको सम्मेलनमा नेपाली कांग्रेसका नेता तथा गत संविधान सभामा सो क्षेत्रका उमेदवार त्रलोक्य प्रताप सेन, क्षेत्रिय सभापती भुषाल लगायतले बोल्दै विपत्तीको वेला एकले अर्कोलाई गर्न सक्ने सहयोग गर्न आगैह गर्नु भयो । सो गाविसमा १ सय ३१ घरमा क्षती पुगेको तथ्याक गाविस स्तरिय सर्बपक्षिय संयन्त्रले निकालेको छ ।
त्यस्तै नयां गाउमा पनि करिव ८० घरमा क्षती पुगेको गाविस सचिव कमल थापाले बताउनुु भयो ।