काठमाडौं- काठमाडौँ महानगरपालिका–३२ न्युप्लाजास्थित बद्रीकुमार श्रेष्ठको आठतले घर भत्काउने क्रममा पर्खालको ईंटाले च्यापेर नुवाकोटको सुनाखानी गाउँका रूपेश तामाङको मृत्यु भएको छ।उनी भूकम्पपछि जोखिमपूर्ण बनेको सो घर भत्काउने काम गरिरहेका थिए।
यसैबीच, चोरीका सामानसहित काभ्रेपलाञ्चोकको ज्यामिरे–१ का विक्रम परियार काठमाडौँ महानगरपालिका–३ बाट पक्राउ परेका छन् । अभियुक्तबाट एक थान ल्यापटप, आइफोन र घडी बरामद भएको छ। रासस