*बेलायती भूगर्भबिद पश्चिम नेपालमा भूकम्प जानेमा चिन्तित
ज्ञवा संचार, जेठ २३ | बैशाख १२ को महाभुकम्प र बैशाख २९ को शक्तिशाली भुकम्पसंगै नेपालको पुर्बीबेल्टले ठुलो भौतिक एबं मानबिय क्षती भोग्नुपर्यो | नेपालका दुइ दर्जन बढी जिल्ला भूकम्पबाट प्रभावित भए | यी जिल्लामा गत बैशाख १२,१३ को बिनासकारी भूकम्पपछी त्रसित मनहरु बिस्तारै मत्थरिदै थिए | भूगर्भबिदहरुले एकपटक भूकम्प गएपछि पराकम्पन घट्दै जान्छ डराउन पर्दैन भनेर आस्वस्थ पार्दै थिए | तर पाप्रो लागेको मन बल्झने गरि बैशाख २९ गते अर्को ठुलो भूकम्प गएपछि के हो हुने हो कसो हुने हो सबै अलमल्लमा परे | भूगर्भबिधरु कोहि नयाँ भूकम्प त कोहि स्वभाबिक भनेर मनहरु मत्थर गर्ने काममा मात्र लागे | सडक गल्लीका चाट सेन्टर जस्ता इन्टरनेटको मैदानमा उम्रेका अनलाइनसाइट र ब्लगहरुले आफ्नो साइटको चर्चा र संगै लिंक जोडिएका फेसबुकमा लाइक पाउन जस्तो पनि समाचार राखें | केहि तथ्यगत कुरा पनि तथ्यहिन भनेर मानिसहरुलाई भ्रम पर्यो | त्यस्तै पोखरादेखि पूर्व केन्द्रबिन्दु भएर अब शक्तिशाली भुकम्प जाने सम्भावना क्षिण भएपनि पोखरादेखि पश्चिम केन्द्र बिन्दु बनाएर आठ रेक्टर माथिको ठुलो भुकम्प जाने सम्भावनाप्रति बेलायती भुगर्वविदहरुले चाँसो र चिन्ता भन्ने बिसाएको समाचार अनलाइनमा सार्बजनिक भए लगतै यो लेखकलाइ समाचार नै चाँसोको बिसय बन्यो |
धेरै साथीभाइहरुसंग सोधें वाइयात कुरो भनेर त्यत्तिकै स्टप गरिदिए | समाचारमा भनिएझैं बिबिसीसंगको कुराकानीको आधारमा भन्ने स्रोत बिबिसीले नै आफुहरुसंग कुनै प्रकारको त्यस्तो बार्ता नभएको सूचना दियो | त्यो कसले लेख्यो, त्यो सामाचार सार्बजनिक गर्ने मान्छेलाइ किन पक्राउ गरिएन, बिबिध प्रस्न उठ्न सक्छन, आखिर समाचारमा पस्किएको तथ्यमा केहि आधार भेटिएपछी समाचार अनलाइन साइटबाट हटेको छैन |
पश्चिम केन्द्रबिन्दुमा भूकम्प जानेभन्ने खासमा कुरो के हो ?
पश्चिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर १५औं शताब्दीदेखि भुकम्प गएको छैन | पुर्बी नेपालले १९९० पछी फेरी अहिले अर्को बिनासकारी भूकम्प झेल्नु पर्यो | बिस्वमा धेरै देशहरु छन् जहाँ कहिले पनि भूकम्प गएको छैन | हिजो भर्खरै मलेसियाको सबाह भन्ने पहाडी क्षेत्रमा पहिलोपटक भूकम्प गएको छ | यहाँ भूकम्प जाने कसैले न भबिस्यवाणी गरेको थियो न सम्भावनाको कुरो थियो | पहाडी क्षेत्र भएकोले पहाड धाजा परेर फाटेको छ, भौतिक रुपमा क्षेती पुगेको छ | मानिसको बस्ति सहरी क्षेत्रमा जस्तो चाँप नभएकोले मानबिय क्षेती हुन पाएन | भबिस्यवाणी ज्योतिषबिज्ञानको आधारमा हुने हो र सम्भावना अध्ययन अनुसन्धान पश्चात पत्ता लाग्ने हो | भबिस्यवाणी र सम्भावना दुवै कुरो को चुरो लामो अध्ययन र अनुसन्धान पछि मात्र हुन्छ | अब आयो नेपालको पश्चिम बेल्ट भूकम्पबाट कति जोखीममा छ | धेरै बर्ष पहिले देखि यसको अध्ययन र अनुसन्धान भैरहेको छ | नेपाल भित्र र बाहिरका भूगर्भविदहरुले पश्चिम नेपालको पोखराबाट पश्चिम केन्द्रबिन्दु भएर कुनै पनि बेला भूकम्प जान सक्छ भनेर तथ्यगत कुरा भनिरहदा बेलायती भूगर्भविदलाइ आधार बनाएर पश्चिम नेपालमा भूकम्प जाने सम्भावना छ भन्नु गलत त पक्कै नहोला | बेलायत मात्र होइन नेपाली र अमेरिकी भूगर्भविदले पनि यो कुरा स्वीकार गरिरहेको अवस्था छ | पश्चिम नेपालको पोखराको पश्चिम केन्द्रबिन्दु भनिरहदा यो कुन ठाउँ हो, ठाऊको नाम पनि होला भनेर जिज्ञासा उठ्न सक्छ | नेपाली भूगर्भविदहरुले पनि उक्त ठाउँबारे अध्ययन र अनुसन्धान गरेर बुटवल केराबारी-झुम्साको जमिनको तल्लो भागमा फल्ट भएको बताउदै आएका छन् | जहाँ भारतीय र तिब्बती प्लेटको संसर्ग स्थल रहेको र यसको भाग नेपालको पुर्बीबेल्टसम फैलिएर रहेको बताएका छन् | उनीहरु भूकम्प यतिबेला जान्छ भनेर किटान गर्न कसैले नसक्ने बताउदै यी प्लेटहरुमा हलचल आयो भने पहाडी भूभाग चलायमान भएकोले पश्चिम नेपालले ठुलो क्षेती व्यहोर्नुपर्ने बताउछन | प्लेटहरु कडा चट्टानको सतहमा रहेकोले सानोतिनो प्लेटको हलचलले यहाँ असर नपार्ने र क्षेती गराउने गरि जानको लागि ८ रेक्टर माथिको भूकम्प जानुपर्ने बिभिन्न भूगर्भविदले विश्लेषण गरिरहदा अनलाइनहरुले ८ रेक्टर माथिको भूकम्प जाने सम्भावना भनि अतिरन्जित समाचार सम्प्रेसण भैरहेको बुझिएको छ |
बेलायती भुगर्वविद् डाक्टर जोन एलियटले पनि पटक पटक नेपाल प्रति चाँसो व्यक्त गर्दै १५औं सताब्दी देखि नगएको भूकम्प हामी या हाम्रो पुस्ताको पालोसम्म कुनै बेलापनि जान सक्ने बताएका छन् | उनले साबधानीको बाटो हामी या हाम्रो पुस्ताको लागि अहिलेबाट नै शुरु हुनु पर्नेमा जोड दिन्छन | कडा चट्टानी सतहमा रहेका प्लेटमा हलचल आउने बित्तिकै यसको क्षेतीको कल्पना गर्न सकिन्न उनको चाँसो र चिन्ताबारे एजेन्सी न्युजलाइ आधार बनाउदै बिभिन्न अनलाइन साइटहरुले लेखेका छन् |
यसैबीच अमेरिकी भुगर्विय सर्वेक्षणका डाक्टर सुसान हगले नेपालमा गएका दुईवटा ठूला भुकम्पपपछि मध्य नेपालको जमिन डेढ मिटर माथि उठेको जानकारी दिएकी छन् |
यो संगै पश्चिम नेपाल भूकम्प भन्दा अझ बढी पहिरो र बाढीको जोखिममा रहेको बिभिन्न भूगर्भविदहरुले बताउंदै आएका छन् | हालै गएको बिनासकारी भूकम्पले पहाडहरु चलाएमान बनेका छन्, पहिरोले खोलानाला अचानक बन्द हुन सक्छन, जोखिम क्षेत्रको पहिचान गरि मानब बस्तिलाइ सुरक्षित क्षेत्रमा सार्न पहल हुनुपर्ने कुरामा बिज्ञहरु जोड दिन्छन |