रिडी बजार आज बाट वान वे

सुन्दर कसजु, रिडी, जेष्ठ२२। रिडी बजार आजबाट वान वे भएको छ् । सवारी साधनको अत्याधिक चापले गर्दा बजार क्षेत्रको ट्राफिक ब्यबस्था अस्तब्यस्त तथा वातावरण प्रदुशण हुन थाले पछी बैकल्पिक मार्ग निर्माण गरी रिडी बजार क्षेत्रमा सवारी साधन एकातर्फी रुपमा मात्र गूड्ने सडक "वान वे" बनाइएको छ्।
रिडीको बिष्णु पञ्जर देखी काली गण्डकी तटको लामो चौपारीहुँदै बसपार्कसम्म नयाँ बाटो निर्माण भएपछी आजबाट पुलक्याम्प खन्डबाट आउने सवारी साधनहरुलाई उक्त नयाँ सडकबाट गूडाउन थालीएको हो।
अब सवारी साधनहरु रिडी बजार हुँदै जान सक्ने र फर्किदा बिष्णु पञ्जर लामो चौपारीको सडक खन्ड हुँदै आउन पर्ने छ्। यो सँगै रिडी बजारमा ट्राफिक ब्यबस्था ब्यबस्थित हुनुका साथै ध्वनी र बायु प्रदुशण कम हुने अपेक्षा गरीएको छ्।