वैज्ञानिकले पत्ता लगाए सानो सौर्यमण्डल !

'सूर्य र ग्रहको अध्ययनमा महत्वपूर्ण उपलब्धी'
सानो सौर्य मण्डल पत्ता लगाएको अन्तरिक्ष वैज्ञानिकहरुले दाबी गरेका छन् । यसलाई सूर्य र ग्रहको अध्ययनमा महत्वपूर्ण उपलब्धी मानिएको छ ।
एक अन्तराष्ट्रिय समूहले अन्तरिक्षमा तस्वीर लिनका लागि जेमिनी साउथ दुरबीन प्रयोग गर्दा सूर्यजस्तै देखिने ताराको नजिक चमकदार चक्र देखिएको थियो । एचडी ११५६०० नामक ताराको चारैतिर चमकदार चक्र फेला परेको शोधकर्ताले बताएका छन् ।
शोधको नेतृत्वकर्ता थायने क्यूरीले भनेका छन्, ‘यस्तो लाग्छ यो सौर्यमण्डलको बच्चा हो । यो चक्र आफ्नो मूल ताराको ठीक त्यत्तिकै दूरीमा छ, जति सौर्यमण्डलको काइपर बेल्ट जत्तिकै टाढा छ । यसमा प्रकाशको उज्यालो पनि बराबर छ ।’
शोधकर्ताहरुले यो चक्र कमसेकम एक अदृष्य सौर्यमण्डलको ग्रहको कारण बनेको अनुमान गरेका छन् । यसमा धूलो र बरफका कण हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।