काठमाडाैं, एमालेका सचिव गोकर्ण विष्टले १२ वैशाखको भूकम्पपछि एमाले– कांग्रेस र माओवादीको सेवक भएको बताएका छन् ।
साँघु साप्ताहिकसँग कुराकानी गर्दै विष्टले भूकम्पपछिको राहत र उद्दारमा एमालेका स्वयंसेवक कांग्रेस र माओवादीको सेवक भएको बताएका हुन् ।
‘साथीहरुले अनगिन्ती समस्या भोगेर पनि जुन अदम्य साहस देखाउनुभएको छ, जनताले एमाले नै रहेछ दुःखी जनताको साथी भन्न थालेका छन् ।
यतिसम्म की केही ठाउँमा सेना र प्रहरीका मान्छेले एमालेसँग कसेको केही नलाग्ने रहेछ भनिरहेका छन् । सेनाले नसकेर छाडेका ध्वस्त संरचना उमालेका स्वयंसेवकले निकालेपछि सेनाका जिम्मेवार अधिकारीले नै एमालेको स्वयंसेवकको खुलेर प्रशसा गरेका छन्’ विष्ट भन्छन्, ‘वास्तवमा हामीले यति गर्न सक्छौं भन्ने सोचेका थिएनौं । हाम्रा स्वयंसेवकले कांग्रेस र माओवाद कार्यकर्ताको घर बनादिएका छन् । वास्तवमा हामीले विपक्षी पार्टीको पनि सेवा गरेका छौं । सकेसम्म आफ्नाभन्दा अरुका दुःख पाएका मान्छेलाई सघाएका छौं ।’