नेपाल टेलिकमको डाटा झनै सस्तो, अब एक एमबीको २० पैसा मात्र
जेठ २५ गते- नेपाल टेलिकमले मात्र २० पैसामा एक एमबी डाटा चलाउन सकिने गरी नयाँ अफर
ल्याएको छ । तर यो सुविधा प्रयोग गर्नका लागि तपाईंसँग टेलिकमको पोष्टपेड
सिम अनिवार्य हुनुपर्नेछ ।
टेलिकमले सार्वजनिक गरेको अफर अनुसार अब पोष्टपेड उपभोक्ताले निकै सस्तोमा डाटा चलाउन पाउने भएका छन् । नयाँ
प्याकेज अनुसार एक महिनामा ९ सय रुपैयाँ खर्च गर्ने ग्राहकले ५ सय
रुपैयाँको भ्वाईस कल मात्रै गर्न पाउनेछन् भने त्यसको अलावा २ जिबी डाटा
समेत प्राप्त गर्नेछन् ।

फोनसँगै इन्टरनेट समेत बढी प्रयोग गर्ने
उपभोक्ता यो प्याकेजबाट लाभान्वित हुने टेलिकमको भनाई छ । यो सुविधा
एक्टिभेट गर्नका लागि टेलिकमको नजिकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राख्न
टेलिकमले आग्रह गरेको छ । टेलिकमले आफ्ना प्रिपेड ग्राहकलाई भने यो सुविधा तत्कालका लागि उपलब्ध गराएको छैन ।