
बुटवल कालिकानगरको एक रिचार्ज सेन्टरबाट बिहान ७ बजे रिचार्ज कार्ड किनेका माधब भट्टराईले रिचार्ज प्रयास गर्दागर्दै १० बज्यो | धेरैबेर टेलिकमको अफिसमा रिंग मारेपछि उनले आफ्नो समस्या सुनाए- सिधै जवाफ पाए, हाल त्यो नयाँ कार्डबाट पोस्टपेड मोबाइलमा रिचार्ज भएको छैन |' उनले सोधे- मैले किनेको कार्ड के गर्ने खल्तीमा राखेर हिड्ने, जवाफ पाए- समस्या हाल गर्न प्रयासरत छौं यथासक्य समस्याको समाधान हुन्छ, रिचार्ज प्रयास जारि राख्नुस | माधबले टाउको समाउदै भने- आज दिनभर रिचार्ज प्रयास गर्दै बस्ने भनेको छ टेलिकमले |
यो समस्या माधबको मात्रै होइन उनि त उदाहरण मात्र हुन | बुटवल कालिकानगरका हरि आचार्य भन्नुहुन्छ- सिडीएमएको मोबाइलमा हिजो देखि रिचार्ज प्रयास गरे मोबाइलको ब्याट्री चार्ज सकियो पैसा रिचार्ज हुने होइन |
सिडिएमए र जीएसएम दुबैमा रिचार्ज गर्न मिल्ने काइदाको सुबिधा ल्यायो टेलिकमले भनेर मक्ख परेका सर्बसाधारण २ दिन नबित्दै निराश बनेका छन् | बुटवल देबीनगरकी कल्पना राना भन्छिन -'पुरानो कार्डमा निकै समस्या आउने हुँदा नयाँ कार्डमा त रिचार्ज सजिलो होला भनेको फेरी समस्या दोहोरियो | खल्तीमा कतिबेला रिचार्ज होला भनेर कार्ड बोक्दै हिड्दा समयको बर्बादी र कतिबेला कता खसेर त्यै कार्ड पनि हराउने हो भन्ने चिन्ताले पिरोलीरहन्छ |'
पुरानो कार्डमा रिचार्ज समस्या देखिएर आजित भएका सर्बसाधारणमा अर्को आशा पलाएकोमा फेरी रिचार्ज समस्या देखिएपछी मनै खिन्न बनाएका छन् |
नेपाल टेलिकमले भने यो परिक्षण काल भएकोले केहि समस्या देखिन सक्ने यदप्पी छिटो समाधानको बाटोमा हिडिरहेको बताएको छ |