विदेशजाने पासपोर्ट च्यातेर तरकारी खेतीमा(फोटोफिचर सहित)


प्रेम सुनार, गुल्मी, कार्तिक–२५ । विदेश पठाउने दलालले पैसा ठगी गरे पछि गुल्मीसिमिचौरका एक युवाले  पासपोर्ट च्यातेर गाउँमा तरकारी खेतीवाट विदेशमाभन्दा बढि कमाई गर्दै आएका छन् । रेसुङ्गानगरपालिका–११, सिमिचौर महराईका २८ वर्षिय युवाविनोद कुँवरले विदेश जाने पासपोर्ट च्यातेर तरकारी खेतीबाट विदेशमाभन्दा बढि आम्दानीलिदै आएकाहुन् । कुँवर भन्छन्–‘दश एघार वर्षभारतमामजदुरी गरें । त्यस पछि विदेशजाने चक्करमालागे । दलाललाई ५० हजार दिई सकेको थिएँ । दुईमहिना सम्म पठाउछु भनेर काठमाण्डौंमा राख्यो । तर पठाउ छु पठाउछु भन्दाभन्दै दलालउक्त रकमलिएर भाग्यो  । म वेखर्ची भएर घर फर्किने अवस्थाआयो । मेरो पालो विदेशको सपना सधैकालागि त्यागेर पासपोर्ट च्यातेर घर फकिएँ ।’
उनले थपे–‘ घर फर्किए लगत्तै सानो क्षेत्रफलमाव्यवसायीक तरकारी खेती सुरु गरे । त्यसबाटहौसिएँ । परम्परागतकोदो मकै खेतीको आठौं गुनाआम्दानी तरकारी खेतीबाट हुने रहेछ । क्रमशः बढाउदै गएँ र अहिले १८ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्छु । त्यसबाटखर्च कटाएर पनिवार्षिक ६ लाखभन्दा बढि आम्दानीलिने गरेको छु । ’
उनले २ रोपनीमा गरेको अकवरी खुर्सानीबाट मात्रवार्षिक २ लाखआम्दानीलिने गरेका छन् । डेढ रोपनीमालगाएको कांक्राबाट वार्षिक २लाख, चार मौसमे जातको सिमिबाट वार्षिक ५० हजार, ६ हजार विरुवाफुलगोपीबाट वर्षिक डेढ लाखआम्दानीलिने गरेका छन् । कुँवरको सिमिचौर स्थित तरकारी खेतीको बाँकि फोटोहरु तल...

त्यस्तै वन्दगोपीबाट वार्षिक ५० हजार, लौकाबाट वार्षिक २२ हजार, करेलाबाट वार्षिक ४० हजार, घिउ सिमीबाट  वार्षिक ३२ हजार, भाण्टाबाट १५ हजार, ब्रो काउलीबाट ६० हजार, विभिन्नजातको सागबाट ६० हजार र केराउबाट वार्षिक १० हजार सहितवार्षिक झण्डै १० लाखको कारोवार गर्दछन् ।
दैनिक ३ जना स्थानियलाई रोजगार दिएकाउनिआफु विहान देखि साँझ सम्म सदरमुकाम तम्घासमा तरकारी वेच विखनगर्न खटेका हुन्छन् । दुध समेत दैनिक तम्घासमा वेच्दै आई रहेकाउनले विदेशमाजानेहरुले भन्दा बढि कमाउने गरेको बताउँ छन् ।
जिल्लाकारागार, अन्य सरकारी कार्यालयमा समेत तरकारी पुराउने गरेकाकुँवरले रिडर्श पव्लिकहाई स्कुल तम्घासको होस्टेलमा दैनिक तरकारी पुराएर त्यसैबाट तिनजना छोरा छोरीहरुलाई वोर्डिङ्ग पढाएका छन् ।
हालै ललितपुरमा रहेको दायित्वनयाँ घर नामक संस्थाको सहयोगमाएकिकृत ग्रामिण विकास समाजगुल्मीले आयोजना गरेको नविनताको खोजीनामकप्रतियोगितामाजिल्लाका २ सय ३१ जनाउद्यमीहरुमध्ये उत्कृष्ट ४०, उत्कृष्ट २० हुँदै उत्कृष्ट १० मा परेकाकुँवर विभिन्न संघ संस्था र दोश्रो गुल्मीमहोत्सवबाट समेत उत्कृष्ट कृषकका रुपमा पुरस्कृत भएका छन् । उनले अवतरकारी खेतीवाव्यवसायीकपशु पालनगरे कुनै पनियुवाहरु पैसाकमाउनकालागिविदेश जाननपर्ने अनुभव सुनाउ छन् ।