ABOUT US

गुल्मी जिल्लाको नामाकरण :
संस्कृत भाषामा सैनिक वा पल्टन भएको ठाउँलाई गुल्म भनिने र सामरिक महत्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छिवकाल र मध्यकालमा सैनिक छाउनी रहने भएकोले यसलाई गुल्मी भनी नामाकरण गरिएको हो भन्ने भनाइ रहेको छ। लिच्छवि कालमा यो ठाउँ गढि गुल्म गण्डकी नदीको छेउको छाउनी भनिन्थ्यो। यहाँ गुल्मी चारपाला भन्ने ठाउँ पनि छ। जसलाई गुल्मीकोट पनि भनिन्थ्यो। यसैका आधारमा यस जिल्लाको नाम गुल्मी रहेको हो भन्ने भनाई पनि पाइन्छ।
प्राचिन कालदेखि नै प्रसिध्द नेपालको चारधाम मध्ये एकधाम रुरु क्षेत्र, पौराणिक, ऐतिहासिक गाथा बोकि जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र यसै गरि धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका, श्रृंगाको श्रृंगीश्वर मन्दिर, चोयेगाको छत्रदेबी, लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोटहरू गुल्मी चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, ईस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्रुङ दह, थाप्ले, कङ्के देउराली, सत्यवती, शालिमेदह, प्रकृतिको अनुपम संरचना विचित्र गुफा, सिदेश्वर गुफा, ग्वादीको अचमेश्वर गुफा आदि यसै जिल्लामा रहेका छन। 
ज्ञवा : एक परिचय :
ज्ञवालीहरुको उत्त्पत्ति भएको ठाउं ज्ञवाभन्ने बिभिन्न ऐतिहासिक कुराले पुस्टि गर्छन | हाल ज्ञवाबासिले आफ्नो ठेगाना ज्ञवा भनेर कमै दिन्छन जसको सट्टामा गाबिसको नामबाट बलेटक्सार, बम्घा भनेर चिनाउछन किनकि देशको भौगोलिक नक्सामा यो नाम छैन | हाल ज्ञवाबासि नया पुस्तामा यो ज्ञवा भन्ने सब्दको नै ज्ञान नहुने अवस्था आउन लागेको छ |
ज्ञवा क्षेत्र : ज्ञवासंगै यस क्षेत्रको महिमा अपरम्पार छ | बिश्व धार्मिक सम्पदाको रुपमा परिचित प्रसिद्ध धार्मिक स्थल रुरु रिडी, रूरू कन्याले तपस्या गरेको ठाउं, ज्ञवाको आसपासमै रहेको छ | ऐतिहासिक महत्तो बोकेको, धेरै बर्ष अघि ऋषिमुनीहरुको तपोबनको रुपमा परिचित स्थल हाल 'लेख' नामबाट परिचित छ | श्रीन्गेश्वोर ऋषिको नामबाट सृङ्गानामको स्थान बिस्वको नक्सामा पनि अबलोकन गर्न सकिन्छ | यो स्थान ज्ञवा आसपासमै रहेको छ | यसैगरि ज्ञवामै रहेको अर्को स्थान बौवा(बम्घा), यसको उचाईको बारेमा चर्चा हुने गर्छ | यस्तै ऐतिहासिककालमा राजामहाराजाहरु यहाँ रहने गरेको प्रसंग पनि इतिहासले देखाउछ | यस्तै यस क्षेत्रका अन्य बिभिन्न कोटहरु पनि ऐतिहासिक प्रसंगबाट चर्चित रहेकाछन |
ज्ञवा क्षेत्र गुल्मी : एक परिचय :- गुल्मी जिल्लाको एक प्रसिद्ध धार्मिक एबमं ऐतिहासिक क्षेत्र ज्ञवाको आफ्नो बेग्लै पहिचान छ | श्रीन्गेश्वोर ऋषि ले तपस्या गरेको लेख तपोबनलाई ऐतिहासिक ठाउको रुपमा चिनिन्छ | उनै ऋषिको नामबाट सो ठाउँलाई अहिले सृङ्गा भनिदै आएको छ. श्रावन महिनामा औशिको दिन पारेर लेख नुहाउन जाने प्रचलन छ | यस ठाउँमा पुराना मोठ मन्दिर, देवालयहरु अबलोकन गर्न सकिन्छ .
संसार भरिका ज्ञवालीहरुको पुरखौली थलोको रुपमा ज्ञवालाई चिनिन्छ |
रुरु रिडी : रुरु क्षेत्र अर्थात रिडी ज्ञवा क्षेत्रको एक धार्मिक स्थल हो. रुरु कन्या ले तपस्या गरेको ठाउँ हो | यहा विभिन्न मोठ, मन्दिर, देवालय, स्नान घाट, पुराना ऐतिहासिक भवन, पुराना ढुंगे सडक आदि अबलोकन गर्न सकिन्छ | बैसाखे संक्रान्तिमा स्थानीय मानिसहरु रिडीमा गंगा स्नान गर्न जाने चलन छ | 
त्यस्तै माघे संक्रान्तिमा यहाँ तिन दिन सम्म ठुलो मेला लाग्छ | देस विदेशका लाखौ धर्मालम्बीहरु कालीगण्डकीमा स्नान गर्न र ऋषिकेशव मन्दिर को दर्सन गर्न आउँछन | पश्चिम पाल्पा र गुल्मी को संगम स्थल , कालीगण्डकी(गंगा) नदीको तिर, सानो बजार लाई रिडी बजार भनेर चिनिन्छ | 
खास गरि मानकोट, लिम्घा, बलेटक्सार, चौतारा, वहादी, रिमुवा, ग्वादी, थोर्गा, दिगाम आदि ज्ञवा क्षेत्रका मुख्य ठाउँहरु हुन् | 
ज्ञवा क्षेत्रका मुख्य ठाउँहरु 
श्रीङ्गा : श्रीन्गेश्वोर ऋषि ले तपस्या गरेको तपोबनको नामबाट श्रीङ्गा नाम रहन गएको भन्ने भनाइ छ यो ठाउँको अर्को नाम लेख हो | श्रीन्गेश्वोर ऋषि ले तपस्या गरेको लेख तपोबनलाई ऐतिहासिक ठाउको रुपमा चिनिन्छ | उनै ऋषिको नामबाट सो ठाउँलाई अहिले सृङ्गा भनिदै आएको छ. श्रावन महिनामा औशिको दिन पारेर लेख नुहाउन जाने प्रचलन छ | 
बलेटक्सार -
बम्घामा बाइसे चौबिसे राज्य हुँदा बम्घाका राजाले मुद्रा काट्ने ठाउँमा बले नाम गरेको लोहारले टक काट्ने ठाउँ लाई अहिले बलेटक्सार भनिएको भनाइ छ |
बम्घा -
बाइसे चौबिसे राज्यका एक राजाले यो ठाउँबाट राज्य संचालन गरेको ठाउको रुपमा बम्घा(बौवा) लाई चिनिन्छ | यो ठाउँ ज्ञवा क्षेत्रकै अग्लो ठाउँमा रहेको छ |
ग्वादी -
मगर भासामा दि को अर्थ पानि हुन्छ . कुनै निश्चित ठाउँ लाई उनीहरुकै भासामा नामाकरण गर्ने क्रम मा ग्वादी ठाउँ को नामाकरण भएको भन्ने भनाइ छ . 
थोर्गा -
बाइसे चौबिसे राज्यका राजाले यो ठाउँमा बलि दिने गरेको पुरानो किम्बंदंतिमा पाइन्छ थोर्गा कोट भन्ने ठाउँ मा बम्घा(बौवा)बाट पन्चौली लिएर राजाहरु नाचगान र रमाइलो गर्न जान्थे रे |
दिगाम -
दुई गाउ मिलेर दिगाम ठाउँ को नामाकरण भएको भन्ने भनाइ छ हाल पनि तल्लो दिगाम र माथिल्लो दिगाम भन्ने चलन छ | दिगाम धेरै गाउँहरु मिलेर ठुलो भागमा फैलएको छ | 
रुरु क्षेत्र रिडी
रुरु कन्या ले तपस्या गरेको ठाउँ हो यो . पबित्र गंगा नदि रुरु हुँदै बगेकी छन् .बाइसे चौबिसे राज्यका पाल्पाली राजाले रिडीमा ऋषिकेशव मन्दिर बनाएका छन् | विभिन्न कला कृति ले सुसज्जित मन्दिर को महतोपूर्ण स्थान छ . रिडी लाई पुराना मान्छे हरुले नेपाल को बनारस पनि भन्ने गर्छन |
यो ठाउँ को बारेमा बिस्तृत जानकारी लिन डब्लू डब्लू डब्लू डट रुरु क्षेत्र डट ब्लग स्पट डट कम हेर्नुहोला |
गुल्मी जिल्लाका गाविस तथा नगरपालिका |
१) अर्खले
२) अर्खवाङ
३) अग्लुङ
४) अर्जे
५) अर्बेनी
६) अमर अर्बाथोक
७) अमरपुर
८) अर्लाङकोट
९) अस्लेवा
१०) आँपचौर
११) इस्मा रजस्थल
१२) कुर्घा
१३) खर्ज्याङ
१४) खड्गकोट
१५) गौँडाकोट
१६) ग्वाघा
१७) ग्वादी
१८) घमिर
१९) छापहिले
२०) जयखानी
२१) जोहाङ
२२) जुनिया
२३) जुभुङ
२४) जैसीथोक
२५) ठूलो लुम्पेक
२६) दिब्रुङ
२७) तम्घास(हाल सुचिकृत न.पा.)
२८) तुराङ
२९) थानपति
३०) दरबार देविस्थान
३१) दर्लाचौर
३२) दर्लुङ
३३) दिगाम
३४) दुबिचौर
३५) दोहली
३६) दौँघा
३७) धुर्कोट रजस्थल
३८) नयाँगाँउ
३९) नेटा
४०) पराल्मी
४१) पल्लीकोट
४२) पीपलधारा
४३) पुर्कोट दह
४४) पुर्तिघाट
४५) पौंदी अमराइ
४६) फोक्सिङ
४७) बडागाँउ
४८) बम्घा
४९) बलिथुम
५०) बलेटक्सार
५१) बाँझकटेरी
५२) बिसुखर्क
५३) भनभने
५४) भार्से
५५) भुर्तुङ
५६) मर्भुङ
५७) मलायागिरी
५८) मुसीकोट
५९) म्यालपोखरी
६०) रिमुवा
६१) रुपाकोट
६२) रुरु
६३) लिम्घा
६४) वस्तु
६५) वाग्ला
६६) वामीटक्सार
६७) वीरबास
६८) शान्तिपुर
६९) सिमीचौर
७०) सिर्सेनी
७१) हर्दिनेटा
७२) हर्मिचौर
७३) हरेवा
७४) हर्राचौर
७५) हँसरा
७६) हस्तीचौर
७७) हाडहाडे
७८) हुँगा
७९) हृवाङ्दी