Showing posts with label खेलकुद. Show all posts
Showing posts with label खेलकुद. Show all posts

मुलुककै प्रतिनिधित्तो गर्दै गुल्मीका विकल सिंगापुर जाँदै !


गोकर्ण प्रकाश ज्ञवाली, असोज १७ । यस अघि बेलारुसबाट तेक्वान्दो प्रतियोगितामा तेस्रो स्थान हासिल गरेर फर्केका गुल्मी रुरु गाउँपालिका १ रिडीका विकल पौडेल फेरी सिंगापुरमा हुने टेक्वान्डो च्याम्पियनसिपमा जाने तयारीमा जुट्दै छन् ।
विकल सिङ्गापुरमा यहि अक्टोबर ७ अर्थात असोज २१ गते हुन गइरहेको आइटिएफ टेक्वान्डो च्याम्पियनसिपमा मुलुककै प्रतिनिधित्व गर्दै सहभागी हुने भएका हुन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका तेक्वान्दोका विभिन्न बिधामा महत्वपुर्ण पदक जितिसकेका बिकलले सिङ्गापुरमा हुने यो प्रतियोगितामा गोल्ड मेडल जित्ने आशाका साथ तयारीमा व्यस्त छन अहिले ।

गुल्मेली विकल बने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा तेस्रो


ज्ञवा सञ्चार । १९ मंसिर । बेलारुसमा जारि अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी जनाएका विकल पौडेलले तेस्रो स्थानसंगै काँस्य पदक हात पारेका छन् । गुल्मी रिडीका पौडेलले जिल्लाको मात्र नभएर देशकै सान बढाएका छन् ।

गुल्मीमा सिसी क्यामेराको निगरानीमा मतगणना हुने

गुल्मीको चुनावी मतगणनामा यो पहिलो अभ्यास

प्रेम सुनार । मंसिर १९ । गुल्मीमा मतगणनास्थलमा सिसी क्यामरा जडान गरिएको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले आज देखि मतगणनास्थल बनाउने तयारी सुरु गरेको र त्यसमा सिसी क्यामसरा जडान गर्न लागिएको जानकारी दिए ।

खेलकुद पत्रकार न्यौपाने दश हजार नगद सहित सम्मानित

गोकर्ण प्रकाश ज्ञवाली, फागुन ५ । रुपन्देहीमा खेलकुद पत्रकार दिपक न्यौपाने उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । कदर पत्र सहित दश हजार नगद पुरस्कारले न्यौपाने सम्मानित भएका हुन् ।
विगत आठ बर्षदेखि रुपन्देहीमा खेलकुद पत्रकारितामा क्रियाशिल न्यौपाने बुटवलको दिप मावीको ३५औं वार्षिकोत्सवको अवसरमा सम्मानित भएका हुन् । वार्षित्कोत्सवको समयमा खेलकुद समाचारलाई प्राथमिकता दिएकोमा विद्यालयको न्यौपानेलाई सम्मान गरेको हो । समारोहवीच रुपन्देहिका प्रमुख जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, बिद्यालयका प्रार्चाय टिकाराम न्यौपाने, राष्ट्रिय परिक्षा बोर्ड बुटवलका कार्यालय प्रमुख सुरेन्द्रराज पराजुली लगायतले संयुक्त रुपमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरेका थिए ।
बि.स. २०३७ सालमा स्थापना भएको बिद्यालयले बिभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्नुको साथै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिदै आएको छ ।
सम्मानीत पत्रकार न्यौपाने सवल नेपाल साप्ताहिक, बुद्ध टिभि, हाम्रो खेलकुद डटकममा आबद्ध छन् । यसैगरी विद्यालयले गतबर्षको पुरस्कार खेलकुद पत्रकार मञ्च रुपन्देहिका अध्यक्ष सुमन अधिकारीलाई प्रदान गरेको थियो ।

जनप्रिय स्पोर्टस क्लव सैनामनाको अध्यक्षमा राना

ज्ञवा संचार । रुपन्देहिको सैनामैना ९ मा रहेको जनप्रिय स्पोर्टस क्लबमा पुनः किशोर राना अध्यक्ष चुनिएका छन । हालै भएको १३औ साधारणसभा र ७ औ अधिबेशनले रानाको संयोजकत्वमा १५ सदस्यिय टोली गठन गरेको हो । 
खेलकुद र कलासंस्कृतीलाइ प्राथमिकतामा राख्दै अघि बढेको यस क्लबको बरिष्ठ उपाध्यक्षमा दिपक काउचा, उपाध्यक्षमा जिबन राना, सचिबमा रोमनाथ न्यौपाने, सहसचिबमा घनश्याम खनाल, कोषाध्यक्षमा झुमा काउचा दर्लामी रहेका छन भने सहकोषाध्यक्षमा बिष्णुप्रसाद अर्याल रहेका छन । यस्तै सदस्यहरुमा दलबहादुर दर्लामी, बिष्णु पाण्डे, मोतीकला दर्लामी, झुमा मिदुन थापा, दिनेश प्रोख्रेल,बिनोद ज्ञवाली रहेका छन । बिस २०४२ सालमा स्थापना भएको क्लबले बार्षीक रुपमा बिभिन्न खेलकुदसगै सास्कृतीक कार्यक्रम आयोजना गर्दै आएको क्लबका अध्यक्ष रानाले बताए । उनले अब क्लबलाइ रुपन्देहीकै नमुना क्लबका रुपमा अगाडी बढाउनका लागी सचेतनासंगै रचनात्मक कार्य अघि बढाउने पनि बताएका छन् ।

विश्वकप क्रिकेट : नेपाल – भारत भिडन्त हुँदै

काठमाडौँ, १७ माघ । करिब १६ वर्षपछि १९ वर्षमुनि (यु–१९) विश्वकपको क्वाटर फाइनलमा पुगेको नेपाली युवा क्रिकेट टोलीले लिग चरणको अन्तिम खेलमा भारतको सामना गर्ने भएको छ ।
बङ्गलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा नेपाली युवा टोलीले सोमबार विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ ।