मुलुककै प्रतिनिधित्तो गर्दै गुल्मीका विकल सिंगापुर जाँदै !


गोकर्ण प्रकाश ज्ञवाली, असोज १७ । यस अघि बेलारुसबाट तेक्वान्दो प्रतियोगितामा तेस्रो स्थान हासिल गरेर फर्केका गुल्मी रुरु गाउँपालिका १ रिडीका विकल पौडेल फेरी सिंगापुरमा हुने टेक्वान्डो च्याम्पियनसिपमा जाने तयारीमा जुट्दै छन् ।
विकल सिङ्गापुरमा यहि अक्टोबर ७ अर्थात असोज २१ गते हुन गइरहेको आइटिएफ टेक्वान्डो च्याम्पियनसिपमा मुलुककै प्रतिनिधित्व गर्दै सहभागी हुने भएका हुन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका तेक्वान्दोका विभिन्न बिधामा महत्वपुर्ण पदक जितिसकेका बिकलले सिङ्गापुरमा हुने यो प्रतियोगितामा गोल्ड मेडल जित्ने आशाका साथ तयारीमा व्यस्त छन अहिले ।
खेल जगतनै आफ्नो भबिस्य ठानेर निरन्तर अहोरात्र अभ्यासमा जुट्ने र देशको गौरब बढाउने यी र यस्ता खेलाडीहरुका प्रतियोगीताहरुमा सहभागी हुन् जाने क्रममा अनेकन चुनौती पनि हुने गरेका छन् । विकल पनि देशको गौरब बढाउन चाहन्छन तर उनलाई प्रतिस्प्रधा भन्दा बेसी सहभागी हुन् पुग्दा सम्मको आर्थिक जोहो कसरि गर्ने समस्या छ । यसैलाई मध्यनजर गर्दै पछिल्लो पटक उनलाई खेलप्रति हौसला र आत्मबिस्वास जुटाउनको निम्ति स्थानीयस्तरबाट सामान्य आर्थिक जोहोको प्रयास भने भएको छ। रुरु गाउँपालिकाले ३० हजार र स्थानिय खेल प्रेमी क्याप्टेन सुरज गुरुङ द्वारा ५ हजार रकम सहयोग स्वरुप उपलब्ध गराईएको छ । त्यसैगरी अनिल थापाबाट २ हजार, रामु शर्माबाट १ हजार र सुन्दर खासुबाट १ हजार नगद उपलब्ध गराइएको छ।
यस्ता खेलप्रेमीको आत्मबिस्वास जगाउन अझै धेरै सहयोगी मनको खाँचो छ । विकललाइ आगामी खेलमा सफलताको लागि सुभकामना !