Showing posts with label स्वास्थ्य. Show all posts
Showing posts with label स्वास्थ्य. Show all posts

म उनै वराजुहरुको घरमा गरेर खानुपर्छ,कसरी मुद्धा लडौं?

ज्ञवा संचार, गुल्मी , पौष–९ । वस्ने वास भत्काईएको छ , एउटा बृद्ध दलितलाई बाँधेर गाउँ निकाल्दै ओढारको वास वस्ने सम्मको गम्भीर मानव अधिकार हनन् गरिएको छ । र पनि त्यस गाउँमा एउटा सामन्य घटना मानिएको छ ।
पिडक भनिएका पक्षले पिडित पक्षलाई  भन्ने गरेका छन्–‘ जिल्लाका तेरा मान्छेले उचाले भन्दैमा तँ नउचाल्ले , तँ विचरा गरी खाने मान्छे होस्, उल्टै तँलाई फसाउँन खोज्दै छन् , तेरै भलोका लागि हामी भन्दै छौै कि मुद्धा फिर्ता गर, चाहिने हामी नै हो तँलाई  , यो मुद्धा गाउँमै मिलाउँ ।’
ठिक भन्नु भो गरिपरार भन्न मञ्जुर छ  केहि दिन अघि गुल्मीको अर्वेनमा गाउँ निकला विरुद्धको उजुरी कर्ता यति वेला । हुन पनि  सदरमुकाम तम्घासमा दुई दिन वस्दा होटलमा खानको  पैसा तिर्ने उपाय थिएन् उ संग ।
अर्वेनी–५ का ८१ वर्षिय बृद्ध लालबहादुर सुनारलाई पौंष १ गते विहान छिमेकी व्राम्हण थरकी ४३ वर्षिय एक महिला संग प्रेम सम्वन्ध रहेको आरोपमा घरबाट बाँधेर गाउँ डुलाउँदै गाविस कार्र्यालयमा ल्याई कागज पत्र गराएर निजका छोरा अनुराम सुनारलाई  संगै लगेर  दार–पात जोगाउँने भए  घर आफै भत्का, नत्र हामी  जलाई दिन्छौं भन्दै आँखै अगाडी ति महिलाका भतिजा चिन्तामणी न्यौपानेको  नेतृृत्वमा आएको एक समुहले भत्काउन लगाएको थियो र स्वयम न्यौपानेले पनि स्वीकार गरेका छन्  ।
घर भत्के पछि ति बृद्ध र महिला अरुको दलान कुर्ने भएका छन् । त्यस विरुद्ध उजुरी दिन आएका अनुराम सुनार अघिल्लो दिन सम्म जसरी पनि न्याय पाउनु पर्छ र दोषि उपर कार्वाही हुनै पर्छ भन्ने अडान मैं दिए । जिल्ला प्रहरी कार्यालयमा  सार्वजानिक अपराधको मुद्धा परेको छ भन्ने थाह पाउन साथ अनुरामलाई मनाउनका लागि अर्वेनी गाविस सचिव  भोजबहादुर राना र पुर्व गाविस सचिव बताउने एक जना स्थानिय जल्दा बल्दा समाज सेवी उनि बसेको होटलमा पुगेका हुन्छन् ।
त्यहाँका अरु दलित अगुवाहरु पनि त्यहाँ आई पुगेका हुन्छन् । उनिहरु माथी निकै गोहीका आँशु बगाउन सुरु हुन्छ ।   ढोकाको चुक्कुल लगाईएको थियो , यो समाचार दाता पुग्दा । मानौ कि त्यो प्रहरी कार्यालयको केरकार शाखा हो ।  आफुरुले विगमा देखाएको दया मायाको स्मरण गराईन्छ ।  घर कसैले होईन भत्काएको तैले नै हो । भत्काउन लगाउनेहरुलाई कानुन लाग्दैन् ।
उनिहरु थप्छन्–‘ जवकी आत्मा हत्या गर्न बाध्य पार्नेहरुलाई त कानुन  लाग्दैन भने झन घर भत्काउन लगाउनेहरुलाई लाग्ने त कुरै भएन  । आखिर पर्ने तैं हो वावु ख्याल गर हैं, जाक्कीलास , तँलाई नै फँसाउँदै छन् जिल्लाका एकादुई मान्छेले , उनिहरुका पछाडाी नलाग वरु हिड गाउँमा ।  बरु हामीले त्यो घर गाविस कै रकम हालेर पनि बनाई दिन्छौं  ।’
अनुराम त्यो सुनेर एक दम ठिक भने गाउँका ठुलाबडाले भन्दै  मुद्धा दिन सघाउने जिल्लाका दलित अधिकारकर्मीहरु प्रति आक्रोषित बनि सकेका हुन्छन् । उनिलाई सघाउन आएका त्यस गाउँका अन्य दलित अगुवाहरु पनि ठिकै हो,  यि जिल्लाका मान्छेहरुका पछाडी लाग्नु गलत हो भन्ने मानसिकतामा पुगी सकेका हुन्छन् ।
किन तपाईहरु खुट्टा कमाउँदै हुनुहुन्छ ? भन्ने प्रश्नमा अनुराम झोक्कीदै जवाफ दिन्छन् , मैले खास पिडित यी बुढा बुढीलाई यहाँ बुझाई दिएको छु , अव म घर जान्छु केटा केटी पाल्न पर्दैन ? भनेर प्रति प्रश्न गर्छन् ।  भन्छन्–‘ मैले यिनै गाउँका वराजुहरुको घरमा काम गरेर खानु पर्छ , कसरी मैले उनिहरु विरुद्ध मुद्धा लड्न सक्छु ?’
हुन पनि विचराको घरमा दिन भरी काम गरेर मात्र साँझ चुलो बल्ने गरेको छ ।  आखिर अनुराम पनि वावु प्रति खासै जिम्मेवार छैनन् । चुरो कुरो त के रहेछ भने उनि आमा संगै ल्याईएको झड्केला छोरा रहेछन् । त्यसैले आमाको २० वर्ष अघि मृत्यु भए पछि वावु छोराको झड्को नमिलेर बाबुलाई एक्लै छाडेर धेरै तल छुट्टिएर  बस्दै आएका रहेछन् ।

    उनि हिजै घर फर्केका छन् ।  आउनुस् है, प्रहरीले बोलाएका बेलामा भनेर जिल्लाका अधिकारकर्मीहरुले भन्दा –‘खै कस्तो हुन्छ, बाटो खर्च कसैले दिए आउने हो क्यारे भन्ने जवाफ दिन्छन् ।
उनि हिजो गाउँ पुगे लगत्तै उनलाई पछ्याउनेहरुको भित्र–भित्रै घुँईचो लाग्न सुरु भएको गोप्य श्रोतले  सुचित गर्दै आएको छ । सुरुमा उनिहरुलाई न्याय दिलाउने पक्षका केहि दलित अगुवाहरुलाई पनि मनाउने कार्य भएरै होला , अहिले निकै  नरम र देखिएका छन् ।

मैले उनिहरुकै घरमा गरेर खानु पर्छ, कसरी उनिहरु विरुद्ध मुद्धा लडँु ? भन्ने अनुरामको  प्रति प्रश्न जिल्लाका तमाम विपन्न दलित समुदायको प्रतिनिधी मुलुक प्रति प्रश्न हो । त्यस्तै कारणले जघन्य प्रकारका अपराध , दमन, शोषण र   जति सुकै अत्यचार हुँदा पनि कैयौं दलितहरु  पिडक माथील्लो भनिएको समुदाय र वर्ग संघ मुख फोर्न सक्दैनन् ।
वल्ल तल्ल मुख फोर्ने शाहस बटुलेका अर्वेनीका अनुराम पनि आर्थिक अभावकै कारण मुद्धा फिर्ता लिने मनस्थितीमा पुगेका छन् , पुराईएको छ । यस प्रति नेपाल राष्ट्रिय दलित आयोग लगायतका सरोकारवाला गम्भीर हुन जरुरी छ । यो मुद्धालाई संस्थागत रुपमै अगाडी बढाउने सरोकारवालाले अग्रसरता नलिए फेरी पनि गम्भी मानव अधिकारी हनन् गर्नेहरुले प्रश्रय पाउने देखिएको छ ।
सुरु देखि नै यो समाचारदाताले यस मुद्धालाई जोड तोडले उठाए पनि पिडक पक्षले सरापेका छन् भने सरोकारवालाले संवद्ध सवै सञ्चार माध्यमलाई विशेष धन्यबाद् दिएका छन् तर निवेदक पक्ष भने खुट्ट कमाउँदै छन् ।   घटना स्थल सदरमुकाम तम्घासबाट ६० किलो मिटर दुरीमा पर्ने पुर्वी स्याङ्गजा र पर्वतको सिमना कालिगण्डकी नदि किनारमा पर्दछ् । पिडित पक्षलाई पछाडी हट्ने प्रयास जारी रहेको सुचना पाए संगै अहिले दिउँसो जिल्लाका दलित अधिकारकर्मीहरु विचमा छलफल चलिरहेको नेपाल उत्पीडित  जातिय मुक्ति समाजका केन्द्रिय सदस्य कृष्ण सुनारले जानकारी दिए |
-समाचारदाता प्रेम सुनार, गुल्मी |

जाडो लायो ! शरिर तात्छ कसरी ?

जाडो महिनाले धेरैजसो मानिसमा एक प्रकारको त्रास उत्पन्न गराउँछ। यो खाँदा चिसो लाग्छ त्यो खाँदा ज्वरो आउँछ जस्ता कुराले पनि कतिपयलाई त्रसित बनाइरहेको हुन्छ। त्यसकारण कतिपय अवस्थामा त के गर्ने भन्ने अन्योल नै उत्पन्न हुन्छ। जाडो महिनामा केही कुरामा ध्यान दिने हो भने अप्ठ्यारो परिस्थितिबाट बच्न सकिन्छ। बाहिर निस्कनुअघि कान छोप्नुपर्छ स्वास्थ्यको हिसाबले पनि कान छोप्नु आवश्यक छ। हाम्रो काँधभन्दा माथिल्लो भागको रक्त संचारको गति तुलनात्मक रूपमा तीव्र हुन्छ।

एकसाथ चारसन्तान जन्माउने दम्पतिको रोदन सुन्ला त सरकारले ?

एकसाथ जन्मेका चारसन्तान अस्पताल परिचारिकाको साथमा
एकसाथ चार सन्तान जन्माउने दम्पति
दम्पति भन्छन -‘हाम्रो आँखा र मुटु बेच्न मिल्ने भए बेचेर बचाउँथ्यौ’
प्रेम सुनार, फागुन–१६ । यदि यो देशका नेता, प्रधानमन्त्री, मन्त्रीहरु र उनका आसेपासेहरुले चार सन्तान एकै साथ जन्माएको भए ठुलो उत्सव हुन्थ्योहोला । राष्ट्रिय सञ्चार माध्यमले पनि निकै महत्वका साथ उठान गर्थे होला । तर विडम्वना एउटा सर्वसाधरणले चार सन्तान जन्माउँदा यहाँ कसलाई के मतलव ? यहि कुरा मनमा खेल्छ जव लुम्विनी मेडिकल पाल्पा प्रभासमा एकै साथ चार सन्तान जन्माउने गुल्मीका एक दम्पत्तीको रोदन सुन्दा ।

एक्लै हुँदा अकस्मात हार्टअट्याक भयो कसरी आफुलाई बचाउने ?

"एकदाम लामो सास लिनुस, फोक्सोमा असर पर्ने गरी जोडले खोक्नोस"
ज्ञवा संचार, हार्टअट्याकका कारण धेरैले ज्यान गुमाउनु परिरहेको छ । हार्टअट्याकले धनी वा गरिव भन्दैन । यो रोगले उमेर पनि भन्दैन । सानो तथा ठूलो जोसुकैलाई आक्रमण गर्न सक्छ । हार्टअट्याक यो समय र यति बजे आउँदै छुँ भनेर भनि हाल्ने बेथा पनि होइन । तर हार्टअट्याक हुनासाथ के गर्ने भन्ने उपायका बारेमा जानकारी भएको खण्डमा यो बेथालाई सजिलै जित्न सकिन्छ ।

विश्वकप क्रिकेट : नेपाल – भारत भिडन्त हुँदै

काठमाडौँ, १७ माघ । करिब १६ वर्षपछि १९ वर्षमुनि (यु–१९) विश्वकपको क्वाटर फाइनलमा पुगेको नेपाली युवा क्रिकेट टोलीले लिग चरणको अन्तिम खेलमा भारतको सामना गर्ने भएको छ ।
बङ्गलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा नेपाली युवा टोलीले सोमबार विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ ।