एकसाथ जन्मेका चारसन्तान अस्पताल परिचारिकाको साथमा |
एकसाथ चार सन्तान जन्माउने दम्पति |
दम्पति भन्छन -‘हाम्रो आँखा र मुटु बेच्न मिल्ने भए बेचेर बचाउँथ्यौ’
प्रेम सुनार, फागुन–१६ । यदि यो देशका नेता, प्रधानमन्त्री, मन्त्रीहरु र उनका आसेपासेहरुले चार सन्तान एकै साथ जन्माएको भए ठुलो उत्सव हुन्थ्योहोला । राष्ट्रिय सञ्चार माध्यमले पनि निकै महत्वका साथ उठान गर्थे होला । तर विडम्वना एउटा सर्वसाधरणले चार सन्तान जन्माउँदा यहाँ कसलाई के मतलव ? यहि कुरा मनमा खेल्छ जव लुम्विनी मेडिकल पाल्पा प्रभासमा एकै साथ चार सन्तान जन्माउने गुल्मीका एक दम्पत्तीको रोदन सुन्दा ।
‘पाल्पाका सिडियो, एलडियोदेखि पत्रकारहरु पनि चार सन्तान हेर्र्न त आए तर सरकारी निकायबाट ति चार सन्तान बचाउनका लागि कुनै सहयोग भएन–‘ति सन्तानका पिता जनक कुँवरले भक्कानिदै भने –‘यिनीहरुलाई बचाउनका लागि हामी दुई बुढाबुढीका आँखा र मुटु बेच्न मिल्ने भए बेचेर बचाउँथ्यो अरु उपाए केहि छैन् ।’सुरुमा गुल्मीको जैसीथोक २ रातापोखरा निवासी २६ वर्षिया गीता कुँवर र सरकारी अस्पताल तम्घासको शरणमा पुगेकी थिईन् । तर त्यस अस्पतालमा डाक्टर नभएको भन्दै निजी अस्पताल रेसुङ्गामा पठाएको गिता बताउँछिन् । त्यस अस्पतालले चारवटा सन्तान रहेको भन्दै प्रशुति सेवाका लागि लुम्विनी मेडिकल कलेज पाल्पा प्रभास पठायो । मंसिर १६ गते त्यस अस्पतालमा भर्ना भएकी गिता कुँवरको पेटवाट त्यसको दुई महिनापछि पुष ३० गते चार सन्तान अप्रेशन गरेर निकालियो । उनिहरुको तौल कम भएको भन्दै उनिहरुलार्इृ आईसियु कक्षमा राखियो । अहिले झण्डै चार महिना देखि ५ लाखभन्दा बढि खर्च भईसक्यो अझै कति लाग्ने हो थाहाछैन् । प्रेम सुनार, फागुन–१६ । यदि यो देशका नेता, प्रधानमन्त्री, मन्त्रीहरु र उनका आसेपासेहरुले चार सन्तान एकै साथ जन्माएको भए ठुलो उत्सव हुन्थ्योहोला । राष्ट्रिय सञ्चार माध्यमले पनि निकै महत्वका साथ उठान गर्थे होला । तर विडम्वना एउटा सर्वसाधरणले चार सन्तान जन्माउँदा यहाँ कसलाई के मतलव ? यहि कुरा मनमा खेल्छ जव लुम्विनी मेडिकल पाल्पा प्रभासमा एकै साथ चार सन्तान जन्माउने गुल्मीका एक दम्पत्तीको रोदन सुन्दा ।
खर्च भएको उक्त रकम ऋण तिर्दा जनकको भागमा पर्ने अंशले पुग्दैन । दुईभाईमध्ये भाईको ऋण देखेपछि दाजु छुट्टिने शुरमा छन् । जनक भन्छन –‘मैले वुवाबाट पाउने सम्पत्ती वरावरको खर्च गरी सके अव म आफु बेचिनु शिवाय अरु उपाय नभएपछि मिडियाको सहयोग मागेको हुँ ।’ चार सन्तानमध्ये कान्छा छोराको दायाँ आँखामा पिपजमेपछि त्यस अस्पतालले रणअम्विका आँखा अस्पताल भैरहवा पठायो । ‘उसले काठमाण्डौ लैजान भनेको छ’–जनकले रुँदै भने –‘मं संग नजाने खर्च छ न त्यहाँ मेरो आफ्नो भन्ने कोही छ कसरी जाउँ ?’‘यहाँ यि बच्चा–बच्ची हेर्न आउने जो कोहीलाई सहयोगका लागि अनुरोध ग¥यौ तर कसैले सहयोग गरेनन्’–गिताले रुँदै भनिन–‘मेरो यो विलौना सुनेर कसैले सहयोग गरेर मेरा यि सन्तान वचाईदिए मेरा आत्माले आशिष दिने थियो ।’ २६ वर्षिया गिताका ति सन्तान बचाउन नसके अव उनका सन्तान नहुने बताईएको छ । त्यसले गर्दा पनि उनी ति सन्तान बचाउनुलाई आफ्नो दाम्पत्य जिवनको भविस्यसंग जोडेर चिन्तामा छन् ।
‘भोलीसम्म काठमाण्डौ लैजान भनेका छन तर खर्च छैन कसरी लैजाउँ? ति दम्पत्तीले गहभरी आँशु पार्दै भने –‘हाम्रो यो रोदन सरकारले सुनिदिए धन्य हुने थियो ।’ त्यस अस्पतालले बेड चार्ज ५० प्रतिशत छुट गराई दिएपनि सवै औषधी किन्नुपर्ने हुँदा यति धेरै खर्च भएको गिता बताउँछिन् । गिताका श्रीमान वेरोजगार युवा हुन । गाउँमा खेती किशान गरेर गुजारा चलाउँदै आएका उनलाई पाँच लाखभन्दा बढिको ऋणको भारीले थिचेको छ । र पनि उनका लागि सम्पत्ती र आफ्नो ज्यानभन्दा प्यारा ति सन्तान बनेकोले सवैसंग सहयोगको अपिल गरेका छन् । यहाँका सर्वसाधारण भन्छन यो देशका नेताहरुलाई रुघा खोकी लागे पनि विदेशका महँङ्गा अस्पतालमा पुगेर करोडौं उपचार खर्च गर्न पुग्छ भने सर्वसाधरणका ति चार सन्तान बचाईदिन किन खर्च पुग्दैन् ? यसप्रति सरकारको ध्यान जान जरुरी रहेकोमा धेरैले जोड दिएका छन् । के सरकारले सुन्ला त ? यदि कसैले सहयोग गर्न चाहे जनकको मोवाईल नम्वर ९८४७८९८४१४ मा सम्पर्क राखेर सहयोग गर्न सकिनेछ ।
तस्वीर चार सन्तानका साथमा उनै दम्पत्तीहरु र स्वास्थ्यकर्मीहरु लुम्विनी मेडिकल कलेज पाल्पा प्रभाषमा
चारसन्तानलाई एकसाथ जन्मदिने आमा आफ्ना चारसन्तानको साथमा | |