‘गाई र त्रिशुलले बनेको सरकार होइन, मन लाग्दा ढाल्ने’ - प्रम ओली

लोडसेडिङ र तुइन हट्छ
ज्ञवा संचार, भैरहवा ः प्रधानमन्त्री केपी शर्मा ओलीले केटाकेटीको खेलबाट यो सरकार नबनेको बताएका छन् । भैरहवामा शुक्रबार एमालेको संविधान जनजागरण तथा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै ओलीले यसो भनेका हुन् ।
‘कुनै केटाकेटीको गाई र त्रिशुलको एमालेको सरकार बनेको होइन’, उनले भने, ‘सरकारलाई सजिलै ढाल्ने कुरा हल्ला मात्रै हो । महाधिवेशनपछि कांग्रेस पनि सरकारमा आउँछ ।’
प्रधानमन्त्री ओलीले ६ महिना लामो आन्दोलनबाट मधेसी दलहरु थकित भइसकेको बताए ।
उनले मधेसी दलहरु थाकिसकेकाले उनीहरु पनि सरकारमा आउने दाबी गरे । ‘मधेसीहरु लगातारको आन्दोलनले थाकिसकेका छन्’, उनले भने, ‘चैतपछि उनीहरु पनि सरकारमा आउँछ, सबै मिलेर देशलाई आर्थिक विकासतर्फ अघि बढाउँछौं ।’

लोडसेडिङ र तुइन हट्छ
प्रम ओली भैरहवामा पनि केही वर्षमै लोडसेडिङ र देशभरमा रहेका सयबढी तुइन हट्ने बताए ।  ‘मैले लोसडेडिङ केही वर्षमै हटाउने भनिसकेको छु । दुई वर्ष्भित्र देशबाट लोडसेडिङ हट्छ’, उनले भने, ‘देशभर रहेका सयबढी तुइनलाई पनि हटाएर पुल हाल्छौं ।’ उनले सरकारले देशलाई तुइनमुक्त बनाउने बताउँदै भावी पुस्तालाई देखाउनका लागि तुइनको फोटो खिचेर राख्न पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले आफ्नो ६ दिने भ्रमणले भारतसँगको विग्रेको सम्बन्धमा पुरै सुधार आएको बताए । ‘भारतसँग अब कुनै पनि कुरामा असमझदारी छैन । सबै कुरा मिलिसकेको छ’, उनले भने, ‘भारतसँगको सात बुँदे सम्झौतालाई कार्यान्यनमा ल्याउँछ

‘८० मेगावाट बिजुली ल्याउने ट्रान्समिसन लाइन बन्ने क्रम जारी छ’ उनले भने, ‘यो लाइन बनिसकेपछि ८० मेगावाट नेपाल भित्रेर लोडसेडिङ घट्छ ।’

।  संविधानको कार्यान्वयन हुन नदिन अनेक बहाना बनाएर आन्दोलन गर्ने, आन्दोलनलाई भड्काउने र हिंसात्मक बनाउने समूहहरुका स्वार्थ जनताकामाझ सार्वजनिक गरेर भ्रम चिर्ने योजना अनुसार अञ्चलस्तरीय जनप्रदर्शन गर्न लागिएको एमाले प्रचार विभागले्् जानकारी दिएको छ ।

जनसभामा लुम्बिनी अञ्चल ६ जिल्लाबाट डेढ लाख जनता उतारेको एमालेले दाबी गरेकोछ  लाखौं जनता भैरहवामा उतार्न एकहजार दुईसय सवारी साधन, पाँच हजार स्वयंसेवक परिचालन गरिएका थिए ।

जनसभामा प्रधानमन्त्री ओली, महासचिव इश्वर पोख्रेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, पृथ्वी सुब्बा गुरुङ, राधा ज्ञवाली,  छविलाल विश्वकर्मा, वैजनाथ चौधरी, सत्यनारायण मण्डल, सोमप्रसाद पाण्डे, नेत्र पन्थी, आदित्यनारायण कसौधन, भोज प्रसाद श्रेष्ठ, लिला गिरी लगायतले सम्वोधन गरेका थिए ।सभाको सन्चालन केन्द्रिय सदस्य खिमलाल भटटाराईले गरेका थिए ।

लुम्विनी अञ्चलका ६ वटैं जिल्लाका गाउँटोलमा नया संविधानको संचार पुर्याउने कार्य भईरहेको अंचल समन्वय समिती एवं जनप्रदर्शन मूल समिति संयोजक लिला गिरीले जानकारी दिए । -नरेश केसीको सहयोगमा