जाडो लायो ! शरिर तात्छ कसरी ?

जाडो महिनाले धेरैजसो मानिसमा एक प्रकारको त्रास उत्पन्न गराउँछ। यो खाँदा चिसो लाग्छ त्यो खाँदा ज्वरो आउँछ जस्ता कुराले पनि कतिपयलाई त्रसित बनाइरहेको हुन्छ। त्यसकारण कतिपय अवस्थामा त के गर्ने भन्ने अन्योल नै उत्पन्न हुन्छ। जाडो महिनामा केही कुरामा ध्यान दिने हो भने अप्ठ्यारो परिस्थितिबाट बच्न सकिन्छ। बाहिर निस्कनुअघि कान छोप्नुपर्छ स्वास्थ्यको हिसाबले पनि कान छोप्नु आवश्यक छ। हाम्रो काँधभन्दा माथिल्लो भागको रक्त संचारको गति तुलनात्मक रूपमा तीव्र हुन्छ।
टाउकोमा हिट रेडियट हुन्छ। त्यसैले घर बाहिर निस्कनुभन्दा पहिले टाउको छोप्नुपर्छ। यसले गर्दा तातोपन बाहिर निस्कन पाउँदैन भने बाहिरी चिसो पनि टाउकोमा पुग्न पाउँदैन। राम्रोसँग छोपेपछि कानको माध्यमबाट चिसो हावा नाक, घाँटी तथा मस्तिष्कसम्म पुगेर नोक्सान पुर्‍याउन पाउँदैन। हाइपरटेन्सन, डिप्रेसन र हाई ब्लडप्रेसरको समस्या चिसो मौसममा हाम्रो अन्तस्रावी ग्रन्थिबाट यस्तो हार्मोन निस्कन्छ जसले शरीरको तनाव स्तर र ब्लडप्रेसर बढाउँछ। त्यसैले जाडो मौसमको खानपानमा नुन र घिउ कम प्रयोग गर्नुपर्छ। एक्लै बस्नुको साटो बढी समय समूहमा बिताउनुपर्छ। यसले गर्दा डिप्रेसन तथा हाइपरटेन्सनजस्ता समस्याबाट बच्न सहयोग पुग्छ। हाई ब्लडप्रेसरका रोगीले नियमित रूपमा औषधि प्रयोग गर्नुपर्छ। अर्थराइटिसको पीडा चिसोले शरीरका मांसपेशीहरू कडा हुन्छन्। फलस्वरूप हातखुट्टामा पीडा हुन्छ। अर्थराइटिसका रोगीलाई यो समयमा बढी अप्ठ्यारो हुन्छ। उनीहरूले बिहान तथा राति घरबाट बाहिर निस्कँदा मोजा तथा पन्जा लगाउनुपर्छ। नुहाउँदा सधैं तातोपानी प्रयोग गर्नुपर्छ। राति सुत्नुभन्दा पहिले मनतातो पानीमा खुट्टा डुबाउनुपर्छ। दिनहुँ केही समय घाममा बस्नुपर्छ। यसले शरीरमा भिटामिन डी उपलब्ध गराउँछ। दमका रोगीका लागि जाडोको सुरुवात तथा अन्त्यमा दमको समस्या बढी देखिन्छ किनभने यो मौसममा फूलको यस्तो परागकण हावामा उड्छ जसले गर्दा दमका रोगीहरूमा एलर्जी बढ्छ। त्यसका अतिरिक्त जाडोमा पूरै वातावरण धूलोका कण तथा गाडीको धूवाँले प्रदूषित हुन्छ जसलाई स्लग भनिन्छ। यस्तो वातावरण दमका रोगीका लागि नोक्सानदायक हुन्छ। अतः यो मौसममा घरभित्रको कार्पेट र पर्दाको सफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ। दमका रोगीले राती घरका सबै भmयाल-ढोका बन्द गर्नु हुँदैन। घरबाट बाहिर निस्कदा इन्हेलर साथमा राख्नुपर्छ। रुम हिटर धेरै समय चलाउनु हुँदैन हिटर तथा ब्लोहरले वातावरणमा रहेको अक्सिजन तथा चिसोपन सोस्ने हुँदा कोठामा सास लिन गार्‍हो हुन्छ। यस्तो स्थितिमा खोकी लाग्छ र टाउको दुख्ने समस्या उत्पन्न हुन्छ। त्यसैले कोठामा लगातार रुम हिटर चलाउनु हुँदैन। हिटर तथा ब्लोअर चलाउँदा भाँडामा पानी भरेर राख्नुपर्छ। यसले वातावरणको नरमपन कम हुन दिँदैन। रुघाखोकीबाट बच्न यो मौसममा कतिपय मानिस रुघाखोकीको समस्या नआओस् भनेर फल खाँदैनन्। फल खाएर कहिल्यै घाँटी खराब हुँदैन। जाडो मौसममा सुन्तला, जुनार, अमलाजस्ता मौसमी फल प्रयोग गर्नुपर्छ जसमा पर्याप्त मात्रमा भिटामिन सी हुन्छ। यो मौसममा सुन्तला र अमला नियमित प्रयोग गर्दा रुघाको समस्या हुँदैन। सुप पिउँदा सुप पिउँदा रुघा हट्छ भन्ने कुरा पूर्णरूपमा सही होइन। रुघा कम गर्न सुप सहयोगी हुँदैन। यसका लागि औषधि सेवन गर्नुपर्छ। चिसो मौसम छ भने तातो सुप पिउँदा तातोपनले रुघाग्रस्त व्यक्तिलाई केही राहत प्रदान गर्छ। चिसोका कारण पानी कम पिउनेहरूका लागि भने सुप राम्रो विकल्प हो। शरीर तात्नेे वस्तु खानुपर्छ प्रकृतिको व्यवस्था यति दुरुस्त छ कि हरेक मौसममा शरीरको आवश्यकताअनुरूप फलफुल प्राप्त हुन्छ। जाडो मौसममा जाडोको बचाउका लागि हिट प्रोटेक्सन आवश्यक छ। त्यसैले यो मौसममा बदाम, तिल, मेथी, गुड, जुनेलो आदि शरीरलाई ताप दिने वस्तुहरू खानुपर्छ। यस्ता वस्तुले शरीरमा पर्याप्त ऊर्जा दिन्छन्। जाडो मौसममा भोक लाग्छ
यो मौसममा चिसोबाट बच्न शरीरमा बढी ऊर्जा बन्छ। त्यसैले मानिसलाई अतिरिक्त क्यालोरीको आवश्यकता पर्छ। यो मौसममा स्वाभाविक रूपमा हाम्रो शरीरको बेसिक मेटाबोलिक रेट बढ्छ। त्यसैले यो मौसममा हामी जे खान्छौं त्यो सजिलै पच्छ। खानाप्रति हाम्रो रुचि बढ्छ। जाडोमा फल तथा तरकारी चाँडै पच्छ। भोजनप्रति हाम्रो रुचि बढ्छ। यो मौसममा पौष्टिक गुणले भरिपूर्ण अनेकौं प्रकारका फल तथा तरकारी उपलब्ध हुन्छन्। यतिबेला स्वादको विविधताको आनन्द उठाउन सकिन्छ। यो मौसममा घिउ, तेल, मख्खन, चिनी र ड्राई पु|mटजस्ता बढी क्यालोरी भएका वस्तुको सेवनमा सन्तुलन ल्याउनुपर्छ। हरिया तरकारी तथा फलफूलले रोगप्रतिरोधक प्रणाली बलियो बनाउँछन्। नुहाउँदा शिशुलाई चिसो लाग्छ शिशु जन्मिएको दिनदेखि नैै सफाइमा ध्यान पुर्‍याउनुपर्छ। शिशुलाई दिनहुँ मनतातो पानीले नुहाइदिनुपर्छ तर नुहाउनेबित्तिकै खुल्ला हावामा राख्नुहुँदैन। शिशुलाई ऊनीका कपडा लगाइदिनुपर्छ कतिपय मानिसले साना बालबालिकाहरूलाई चिसोबाट बचाउन एकसाथ थुप्रै ऊनीका कपडा लगाइदिन्छन् तर त्यसो गर्दा उनीहरूको स्वास्थ्य स्थिति बिग्रन्छ। धेरै कपडाले उनीहरूमा पसिना निस्कन्छ र शरीर चिसो भै रुघा लाग्छ। शिशुलाई ऊनीका कपडा लगाइदिँदा उनीहरूको सहजतामा ध्यान पुर्‍याउनुपर्छ। बालबालिका तथा बूढाबूढी बढी बिरामी हुन्छन् यो धेरै हदसम्म सही हो। हरेक मौसममा भाइरस र ब्याक्टेरिया बढी सक्रिय रहन्छन्। बालबालिकाहरूको इम्युनसिस्टम पूरै विकास भएको हुँदैन। त्यसैले शरीरमा भाइरसको हमला तीव्र गतिले बढ्छ। हाम्रो शरीरभित्र एन्टिबडी र ब्याक्टेरियाको बीचमा संघर्ष हुन्छ। यो प्रक्रियाबाट रुघा लाग्न सक्छ। उनीहरूलाई सिजनल इफेक्टिभ डिजअर्डर हुन्छ। यसमा चिन्तित हुनु हुँदैन। बालबालिकाहरूको उमेरसँगै यो समस्या कम हुँदै जान्छ।