गुल्मेली विकल बने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा तेस्रो
ज्ञवा सञ्चार । १९ मंसिर । बेलारुसमा जारि अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी जनाएका विकल पौडेलले तेस्रो स्थानसंगै काँस्य पदक हात पारेका छन् । गुल्मी रिडीका पौडेलले जिल्लाको मात्र नभएर देशकै सान बढाएका छन् ।
राष्ट्रियस्तरमा सम्पन्न विभिन्न प्रतियोगितामा प्रथम हुँदै आएका विकलले यो अन्तरास्ट्रियस्तरको खेलमा सहभागी भएर ५८ के जि समुहमा तेस्रो स्थान हासिल गरेका हुन । पौडेल दोश्रो चरणमा ताजकिस्तानसंग भिडेका थिए । उक्त चरणको खेलमा पराजित भएपछि तेस्रो स्थानमा पुगेका पौडेलले काँस्य पदक प्राप्त गरेका हुन् ।
पौडेल गुल्मीको रुरु गाउँपालिका १ रिडी रिडी निवासी फर्सुराम पौडेलका सुपुत्र हुन्कल । पाैड्यालले तेक्वान्दाे अाईटियफ विश्व चेम्पियनसिपका लागि बेलारूसमा भएकाे गेममा कांस्य पदक जितेर यो सफलता चुमेका हुन । उनको यो जितले रिडिबासीमा उत्साह थपेको छ भने सिंगो गुल्मी जिल्ला र देशकै शान बढेको छ । विकललाई ज्ञवा सञ्चार नेटवर्क परिवार पनि हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछ ।