प्रेम सुनार, गुल्मी, चैत्र–१६ । केहि दिनअघि गुल्मीको एक असहाय परिवारको विचल्लीको कथा
ज्ञवा संचारले सार्बजनिक गरेलगत्तै एउटै व्यक्तिले दुईलाख रुपैयाँसम्म सहयोग गरेका
छन् । गुल्मीको रेसुङ्गा नगरपालिका १४ उर्लेनी गाउँकी हिमा तङ्गनामी र उनका परिवारको
विचल्लीको कथा ज्ञवा संचारले सार्बजनिक गरेपछि काभ्रे घरभई अमेरिकामा कार्यरत
अजुर्नप्रसाद मैनालली त्यो परिवारलाई दुई लाख रुपैयाँ सहयोग गरेका हुन् ।
उक्त रकम आजै गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल, जिल्ला प्रहरी प्रमुख
एसपी भोला रावल र सशत्र प्रहरी प्रमुख डिएसपी बलबहादुर पाण्डेद्धारा पिडित
परिवारकै घरमै पुगेर हस्तान्तर गरिएको छ । रुखबाट लडेर सात महिनादेखि थलापरेकी
हिमाको उपचार गर्ने पैसा नभएको चोटमा उनका श्रीमान कृष्णले यस्तो श्रीमान भएर
बाँच्नुभन्दा मर्न निको भनेर विष सेवन गरि आत्माहत्याको प्रयास गरेका थिए ।
वावुले त्यस्तो गरेपछि उनका १३ वर्षिय छोरा विशाल स्कुलबाटै भागेर आमालाई
बचाउने पैसा मैले कमाउंछु भन्दै भारततिर गएका थिए । तर दुर्भाग्य ४ महिनाको कोठीको
जुठा भाँडा माझेर आमालाई बचाउन कमाएको सातहजार रुपैयाँ पठाउन लागेको वेलामा आमाको
मृत्यु भएको खवर सुनेर अन्ततः त्यो रकम आमाको किरिया गर्न घर फर्किनु पर्यो |
कमाएको पैसा किरिया खर्चमै लगाउनु पर्यो ।
अहिले वावु कृष्णले मानसिक सुन्तलन गुमाएका छन् । १३ वर्षिय विशाल र दुई वहिनीहरुले
घर धान्नु परेको छ । त्यो विचल्लीको पछिल्लो समाचार पढेपछि अमेरिकाबाट मैनालीले
उनिहरुलाई जग्गा किन्न घोषणा गरेको उक्त रकम नगद दिएर बैंकमा राखीदिन आग्रह गरेका
थिए । सोही अनुरुप मैनालीका परिचित पत्रकार घनश्याम गौतमको खातामा आएको उक्त रकम
झिकेर यस समाचारदाताले त्यो परिवारको घरमा लगेर हस्तान्तरण गराएका हुन् ।
मैनालीले सो रकमबाट ति वालवालिकाको पठन पाठन र दुख विमारीमा खर्च गरीदिन फोन
गरेर आग्रह गरेका छन् । सहयोगदाता मैनालीलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले
समेत आभर प्रकट गरेको छ । 'सहयोग हस्तान्तर
गर्दै प्रजिअ......................... त्यसका समाचारदाता सुनार र व्यक्तिगत रुपमा
पहल गरेका अर्का पत्रकार गौतम , सहगोगदाता मैनाली प्रति
आभार प्रकट गर्दछ जिल्ला प्रशासन भनेर भनेर भनेका थिए । उनले सहयोगदाता मैनालीलाई आभार पत्रमा हस्ताक्षर गरेर दिएका छन् । सहयोगदाता
मैनाली अमेरिकामा रक्तदाताका रुपमा चिनिन्छन् उनले अरुलाई बचाउनका लागि ५ सयजना बढिलाई
रगत दान गरिसकेका छन् | अरुको जिवन वचाउनु, घरवास
नभएकालाई घरवास बनाई दिनु उनी पहिलो धर्म सम्झिन्छन । उनले अमेरिका वस्दाको कमाई
अधिकांस दिन दुखीको सेवामा लगाएका छन् । उनले धार्मिक क्षेत्रमा होईन मानविय
क्षेत्रमा गर्ने सहयोग नै सच्चा धर्म हो भन्ने कुरालाई आदर्श वाक्य भएको बताउछन ।
मैनालीले देशका विभिन्न जिल्लामा जस्तै गुल्मीका पनि थुप्रै घरवास विहिनलाई घरवास
र आर्थिक अभावका कारण उपचार नपाएकाहरुलाई आर्थिक सहयोग गरेर नवजिवन दिएका छन् ।
प्रजिअ कँडेलले भने यस्ता व्यक्तिलाई सरकारी निकायबाट पनि उच्च सम्मान हुनुपर्दछ, हामी उहाँलाई सरकारी निकायको तर्फबाट सम्मान गर्ने छौं,
उहाँ नेपाल आउँदा खवर गरीदिनु होला ।’
त्यस्तै यहाँ स्थित रेडियो कार्यक्रम
ओझेल खवर मार्फत प्रशारण भएका थुप्रै पिडितहरुलाई मैनालीले उद्धार गरेकोमा ओझेलका
खवरले पनि मैनालीलाई सम्मान गर्ने भएको युनिटका प्रमुख सहयोगी एबं ज्ञवा संचार अभियान संचालक गोकर्णराज ज्ञवालीले
बताए । पिडित तङनामी परिवारलाई शंखुवासभा
घर भई साउदी अरवमा कार्यरत रुद्र एमसाली मगरले पनि दशहजार सहयोग पठाएका छन् ।
उक्त रकम अर्घाखाँचीको खनदह घरभई काठमाण्डौ लाजिम्पाट स्थित ईओन मेडिकलमा
कार्यरत स्वास्थ्यकर्मी रचना खनालको पहलमा सहयोग भएको हो । खनालले पिडितको नाममा
सोमवार उक्त रकम पठाएकी छन् । यसअघि झण्डै दुईलाख रुपैयाँ त्यो परिवारलाई विभिन्न
सहयोगदाताले सहयोग गरेका छन् । सहयोगदाता सवैप्रति पिडित परिवार र छिमेकीहरुले
आभार प्रकट गरेका छन् ।
तस्वीरः सहयोग रकम हस्तान्तरण
गर्दै प्रजिअ कँडेल, सुरक्षा निकायका प्रमुखहरु र जिल्ला प्रशासन कार्यालयले सहयोगदाता मैनालीलाई
प्रदान गरेको आभार पत्र |