रुरु गाउँपालिका केन्द्र विवाद के बहुकेन्द्रले सुल्झाउला ?

विचार/वहश/टिप्पणी ःः
ज्ञवा सञ्चार नेटवर्क -
गुल्मीमा यतिवेला सिमाना निर्धारण आयोगले गरेको पुनसंरचनाको खाकामा कुन कुन गाविस मिलाएर कुन गाउँपालिका र कुन गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने बिषयले चर्चा पाएको छ । कतिपय ठाउँमा आफ्नै ठाउँ क्षेत्रमा गाउँपालिका केन्द्र राख्नुपर्ने माग राख्दै सङ्घर्षका कार्यक्रम चलिरहेका छन् । गुल्मीको ज्ञवा क्षेत्रमा पायक केन्द्र कहाँ उचित कहाँ अनुचित भन्ने घम्साघम्सी चल्दै छ । स्थानिय रुरु नेटवर्क र यस ज्ञवा संञ्चार नेटवर्कका आधिकारिक फेसबुक पेजमा सम्प्रेसित सूचना/खबरका कमेन्टबक्स हेर्ने हो भने त्यहाँ केन्द्र कहाँ बनाउनुपर्ने भन्ने बिषयमा रोचक घम्साघम्सी पाउनुहुनेछ । रुरुले आफुलाई केन्द्र राख्नुपर्ने माग राख्दै जिल्लाको सिमानाका ठप्प पार्दै आएको छ । उता प्रस्तावित घ्यूवेशी केन्द्रलाई उचित भन्दै ज्ञवाबासीहरु जसरी भएपनि घ्युवेशी केन्द्र बनाईछाड्ने अडानमा छन् । घ्युवेशी क्षेत्र एमाले नेता प्रदिप ज्ञवाली र नेपाल सरकारका पूर्व मुख्य सचिव एवं सरकारबाट हालै नियुक्त चिनिया राजदुत लिलामणीको पकड भएकोले आफ्नो मागप्रति षड्यन्त्र हुनसक्ने भन्दै जिल्लामा जोडतोडले सुनुवाईको लागी सिमानाकाबन्द गरेर आन्दोलनमा उत्रिएको रिडीविश्वस्त श्रोतले बताएको छ। रुरुबासी र ज्ञवाबासीको यो अडानलाई सहमतिमा हिडाउन विविध छलफल, वहश चलिरहेपनि विना निष्कर्ष बैठक उठेका छन् । यसैविच रिडिमा केन्द्र बनाउन गाविस थपघट गरेर कसरी हुन्छ रुरु गाउँपालिका केन्द्र निर्धारण सङ्घर्ष समिति जोडघटाउमा छ । सामाजिक सञ्जालमा विकल्पमा रुरु, बलेटक्सार, थानपति, वम्घा र ग्वादीको संगमस्थल भण्डारीडाँडालाई पनि केहीले अघि सारेका छन । प्रस्तावित रुरु, थानपति, ग्वादी, बलेटक्सार, वम्घा र रिमुवागाविस मिलाएर रुरु गाउँपालिकाको पायक र लायक क्षेत्र कहाँ उचित कहाँ अनुचित अहिले दिनहु बलेटक्सार क्षेत्र र रुरुबिच  सहमतिय प्रयास जारी छन । बहुकेन्द्रको अवधारणाबारे पनि छलफल चलिरहेको छ । यसैविच रुरु गाउँ/नगरपालिकाको लागी वहुकेन्द्र विकल्पमा के हुनसक्ने भन्दै एकजना स्थानिय मित्र केपी गौतमले यस्तो विचार राख्नुभएको छ, यषबिषयमा पनि आउनुहोस् छलफल र वहश गरौं ।
केपी गौतम
'रुरु गाउपालिका/नगरपालिका सम्बन्धमा बहुकेन्द्रको अवधारणा
१-प्रशासकीय भवन सामान्य तया बीच भागमा राख्ने जसमा स्थानीय बिकास भवन निर्माण (नक्सा पास) संस्था दर्ता / नवीकरण सामान्री मुद्दा फैसला(मेलमिलाप केन्द्र ) साथै एउटा प्रहरी चौकी र ब्यान्कको एक शाखा राख्ने
२-बाकी क्षेत्रमा कृषि स्वास्थ शिक्षा खेलकुद आदिका कार्यालय राख्ने
३-सकेसम्म हाम्रो सबै क्षेत्र नसके हालका गा बि स कार्यालय पछीका वार्ड कार्यालयमा वाइफाइयुक्त नेटको सुबिधा राखी अधिकतम सेवा कार्यालयका कर्मचारीको सहयोगमा नजिकको वार्ड कार्यालयबाटै प्रदान गर्ने(भिडियो अनलाइन को ब्यवस्थापन गरि आवश्यक जानकारी, सूचना केन्द्र बाट लिने)।त्यसको लागि सबै कार्यालयका सबै कर्मचारी कम्प्युटरमा फरर हुनै पर्ने।
जस्तो एउटा नमूना प्रस्ताव  :
क# प्रशासकीय भवन भण्डारी डाडा वा थोर्गाकै कोट वा आमपोखरामा राख्ने
ख# स्वास्थ्य खेलकुद युवा महिला पर्यटन सुरक्षा उद्योगको कार्यालय रिडीमा
ग# कृषि वन र एउटा बहुप्राबिधिक शिक्षालय घिउबेसी वा रानिबास क्षेत्रमा
घ# कृषि उपज संकलन कृषि बिकास आयोजना क्रमश ग्वादी रिमुवा टाहाटिम आदि ठाउमा राख्दै जाने
रिडी बासीको आन्दोलनबाट होइन सबै गा बि स का प्रतिनिधि बसेर आपसी छलफल गरि कुरो अगाडि बढाउने ।तम्घास को प्राबिधिक समितीसङ्गै एक आपसमा बार्गेनिङ गरि अधिकतम जनतालाई फाइदा हुने गरि निर्णय गर्ने। '
तपाईको पनि कुनै बिचार, बहश र टिप्टणीछन् भने Gyawasanchar@gmail.com मा ईमेल पठाउन सक्नुहुनेछ ।