गत बैसाख १२ गतेको महाभुकम्पले क्षति पुराएको र २७ गतेको हावाहुरीले छाना उडाइ पठन पाठनमा अवरोध पुराइ खुला आकासमा पढन बाध्य श्री जनता उच्च मा वि अस्लेवाका बिद्यार्थिहरुको अवस्था देखेर सहयोग गर्ने निर्णय गरेकोमा बर्षा सुरुहुन लागेकोले आजै तमघासबाट २३ बन्डल ९ फूटा (१८४ पाता ) टिन र २३ केजि छाउने काटी पठाइएको छ । श्री जनता उच्च मा वि को २ कोठे बाल मैत्री भवन पूर्णरूपमा क्षति भएपछि नेपाल सरकारबाट पाएको १ लाख २५ हजारले ट्रष्ट बनाउनमात्र पुगेको थियो । जनता उच्च मा वि का प्राचार्य श्री भिमलाल पाण्डेयलाइ उक्त टिन हस्तान्तरण गरिएको थियो ।