ज्ञवा संचार, असार ९ । गत बैशाख १२ को विनाशकारी भूकम्पले चर्काएको घर आज सिन्धुपाल्चोकमा केन्द्रविन्दु बनाएर गएको ४ रेक्टर स्केलको पराकम्पले लडाउँदा दुइजनाको ज्यान गएको छ ।
भूकम्पले क्षतिग्रस्त बनाएको घरको पिँढीमा बसेर कुराकानी गरिरहेका कुन्चोक– ९ घडेरीडाँडाका ८७ वर्षका गणेशबहादुर थापा र ८२ वर्षका डम्बरबहादुर न्यौपानेको ज्यान गएको हो ।
घर भत्कँदा घाइते भएका बलबहादुर न्यौपानेलाई उपचारका लागि काठमाडौं लगिएको सिन्धुपाल्चोक प्रहरी प्रमुख डिएसपी विश्व अधिकारीले जानकारी दिए । तीन जना वृद्धहरु घरको पिँढीमा बसेर कुरा गरिरहेका बेला एक्कासी घर लडेर किचेको प्रहरीले जनाएको छ ।भूकम्पले क्षतिग्रस्त बनाएको घरको पिँढीमा बसेर कुराकानी गरिरहेका कुन्चोक– ९ घडेरीडाँडाका ८७ वर्षका गणेशबहादुर थापा र ८२ वर्षका डम्बरबहादुर न्यौपानेको ज्यान गएको हो ।
२ बजेर ४९ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दुइजना सहित सिन्धुपाल्चोकमा भूकम्पले मृत्यु हुनेको संख्या ३५ सय ३३ पुगेको छ ।