गुल्मीबाट एसएलसीमा सामुदायिकमा महेन्द्र माबी र संस्थागतमा रेन्बो प्रथम

 सामुदायिकतर्फ सदरमुकाम तम्घासमा रहेको महेन्द्र उच्च मा.बि.
(आषिश घिमिरे ९१ दशमलव ७५ प्रतिशत)
 संस्थागत बिद्यालयतर्फ रेम्बो इ. बो. स्कुल, बलेटक्सार
( सुजाता ज्ञवाली ९१ दशमलव १२ प्रतिशत/अमृत पन्त ९० दशमलव ६२ प्रतिशत)

अनिल खत्री गुल्मी, ७ असार |
 गुल्मीमा यस वर्षको एस एल सी परिक्षामा एक बिद्यालयको नतिजा शुन्य भएको छ । जिल्लाको क्षेत्र नं. १ मा रहेको शारदा माबि अर्जेवा दिब्रुङ बिद्यालयको नतिजा शुन्य आएको जिल्ला शिक्षा कार्यलय गुल्मीका बिद्यालय निरिक्षक हिरा श्रेष्ठले जानकारी दिनुभयो । बिद्यालयबाट ८ जना बिद्यार्थीले एस एल सी परिक्षामा सहभागिता जनाएका मध्ये सबै फेल भएपछि बिद्यालयको रिजल्ट शुुन्य आएको बिद्यालय निरिक्षक श्रेष्ठले जानकारी दिए । गुल्मीमा गत वर्ष क्षेत्र नं. ३ मा रहेको रघुफेदी माबिको रिजल्ट शुन्य आएको थियो । 
गुल्मीमा यस वर्षको एस एल सी परिक्षामा सामुदायिक तर्फ सदरमुकाम तम्घासमा रहेको महेन्द्र उच्च मा.बि. उत्कृष्ट भएको छ । बिद्यालयबाट परिक्षा दिएका मध्ये आषिश घिमिरेले ९१ दशमलव ७५ प्रतिशत अंक ल्याएका छन् भने सोहि बिद्यालयकी पुजा अर्यालले ८८ दशमलव ८७५ प्रतिशत अंक ल्याएर जिल्ला प्रथम भएको हो । बिद्यालयबाट ६५ जना बिद्यार्थीले एस एल सी परिक्षा दिएका मध्ये ८ जना बिशिष्ट श्रेणीमा ३० जना प्रथम श्रेणीमा र १९ जना द्धितिय श्रेणीमा उर्तीण भएको महेन्द्र उच्च माबिका प्राचार्य केशर बहादुर थापाले जानकारी दिनुभयो । 
जिल्लामा संस्थागत बिद्यालय तर्फ भने सदरमुकाम तम्घास बाहिरको एक बोडिङ्ग स्कुल प्रथम भएको छ । जिल्लाको ग्रामीण भेगमा रहेकोे रेम्बो इ. बो. बलेटक्सार गुल्मी संस्थागत बिद्यालय तर्फ जिल्ला प्रथम भएको जिल्ला शिक्षा कार्यलय गुल्मीले जनाएको छ । 

 बिद्यालयबाट सुजाता ज्ञवालीले ९१ दशमलव १२ प्रतिशत अंक ल्याएकी छन् भने बिद्यालयकै अमृत पन्तले ९० दशमलव ६२ प्रतिशत अंक ल्याएर जिल्ला प्रथम भएको शिक्षा कार्यलय गुल्मीका बिद्यालय निरिक्षक हिरा श्रेष्ठले जानकारी दिनुभयो । बिद्यालयबाट २३ जना बिद्यार्थीले एस एल सी परिक्षा दिएका थिए नस मध्ये ५ जना बिशिष्ट श्रेणी, १५ जना प्रथम, र २ जना द्धितिय श्रेणीमा उर्तीण भएको बिद्यालयले जनाएको छ । गत वर्षको चैत्र महिनामा संञ्चालन भएको परिक्षमा गुल्मी जिल्लाबाट नियमित तर्फ ४६ दशमलव १० प्रतिशत बिद्यार्थी उतिर्ण भएका छन् । जस मध्ये बिशिष्ट श्रेणीमा ७७ जना प्रथम श्रेणीमा ८ सय ३८ जना द्धितिय श्रेणीमा १ हजार ३३ जना र तृतिया श्रेणीमा १६ जना गरि १९सय ६४ जना बिद्यार्थी उतिर्ण भएको जिल्ला शिक्षा कार्यालय गुल्मीका बिद्यालय निरिक्षक श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाबाट एक्जामटेडमा कति बिद्यार्थी पास भए भन्ने बारे भने तथ्याङ्ग आएको छैन । यस वर्ष गुल्मीबाट नियमित ४ हजार १ सय ९७ जना परिक्षर्थीहरु सहभागी भएका थिए भने प्राबिधिक तर्फ ५७ जना बिद्यार्थीहरुले परिक्षा दिएका छन् । जिल्लाका बिभिन्न स्थानमा संञ्चालित परिक्षामा २ सय ३५ जना निरिक्षकहरु खटिएका थिए । यो वर्ष गुल्मीबाट १ सय २७ जना बिद्यार्थीले एस एल सी परिक्षा दिन अयोग्य भएका थिए । बिद्यार्थीको हाजिरी नपुगेका र बिचैमा कक्षा छोडेकाले बिद्यार्थीहरु परिक्षा दिन अयोग्य भएका थिए । जिल्लामा यस बर्ष १ सय १५ बटा सामुदायिक बिद्यालय,१५ वटा सस्थागत बिद्यालय र १ खुल्ला गरि १ सय ३४ बिद्यालयहरुले एसएलसी परिक्षामा सहभागीता जनाएका थिए । गत वर्ष जिल्ला बाट ४४दशमलव १९ प्रतिशत बिद्यार्थी उतिर्ण भएका थिए । जिल्लामा गत वर्ष भन्दा यस वर्ष रिजल्ट सन्तोष जनक भएको छ । गत वर्ष भन्दा जिल्लाबाट पासहुनेको संख्या २ प्रतिशतले बृद्धि भएको जिल्ला शिक्षा कार्यलय गुल्मीले जनाएको छ ।