नाताबाद, कृपाबाद कायमै
"शासन–प्रशासनको काममा नाताबाद कृपावादको विरोध र योग्यता, दक्षता र गुणको
कदरको माग गर्दै मुलुकमा ठूल्ठूला क्रान्ती भए । १९९७ सालमा शहिद काण्ड
भयो । २००७ सालमा जहानियाँ राणा शासन, २०४६मा निर्दलिय पञ्चायत र
२०५२–२०६२सम्म संसदिय व्यवस्था विरुद्ध ठूला आन्दोलन भए । तथापी पात्र
फेरिएपनि प्रवृत्ति फेरिएन । विरोध व्यक्तिको होइन, विधि र प्रवृत्तिको हो ।
काङ्ग्रेस, एमाले, माओवादी जोसुकै सत्तामा स्थापित हुँदापनि नातावाद,
कृपावाद र भ्रष्टाचार बढेको आम नागरिकको अनुभूति छ । "महेन्द्र थापा(ज्ञवा संचार), रुपन्देही : स्वास्थ्य मन्त्रालयले स्वास्थ्य नियमावली मिचेर बुटवलस्थित लुम्विनी अञ्चल अस्पतालमा स्वास्थ्य सुपरिवेक्षक(मेसु) नियुक्ती गरेको छ ।
११औं तहका डा श्रीधर आचार्य छँदाछँदै १०औं तहका राजेन्द्र खनाललाई नियुक्ती गरिएको हो । अस्पतालमा कार्यरत १२ जना १०औं तहका मेडिकल अधिकृत मध्ये खनाल कनिष्ठ हुन् । नियमावलीमा जनरल हेल्थ समूह (जहेस)बाट मेसु नियुक्त गर्नुपर्ने व्यवस्था छ । राजेन्द्र रेडियोलोजिष्ट हुन् । उपलब्ध १०औं तहका मेडिकल अधिकृत मध्ये जहेस नियम अनुसार डा कृष्ण खनाल एक मात्र योग्य व्यक्ति भएको जानकारहरु बताउँछन् ।
११औं तहका मेसु तारानाथ पौडेल पोखरामा क्षेत्रिय स्वास्थ्य निर्देशकमा सरुवा भएपछि रिक्त स्थानमा राजेन्द्र खनाललाई नियुक्ती गरिएको हो । आइतवार पौडेलको विदाई र राजेन्द्रको पदस्थापन भएको छ ।
पूर्व मेसु पौडेलले खनाल प्रशासनिक पदमा नियुक्त गर्न मिल्ने जहेस समूहका नभएपनि व्यवहारिकतामा उनलाई मन्त्रालयले मेसु नियुक्त गरेको बताए ।अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले पनि स्वास्थ्य नियमावलीमा जहेसभन्दा वाहिरको चिकित्सकलाई मेसु नियुक्त गर्न नपाइने बताए ।
अस्पताल विकास समितिका अध्यक्ष डा. प्रायश्चित श्रेष्ठले मन्त्रालयले खनाललाई कामु मेसु नियुक्तीको निर्णय गरेकोे बताए । नव नियुक्त मेसु खनालले सिनियर साथी हुँदाहुँदै आफ्नो योग्यता देखेर मन्त्रालयले जिम्मेवारी दिएको बताए ।
गत सोमबार आइसियु सेवा उद्घाटन गर्दै यो अस्पतालको विकासको लागि राजनीतिक र व्यक्तिगत स्वार्थ नराखेर काम गर्न अपिल गरेका स्वास्थ्य मन्त्री खगराज अधिकारीको भनाई र गराईको अन्तर तत्कालै छताछुल्ल भएको छ । यो नियुक्तिलाई स्थानिय बुद्धिजिवीले नातावाद–कृपावादको रुपमा लिएका छन् । मेसु खनाल उर्जामन्त्री राधा ज्ञवालीका भतिजी ज्वाइँ हुन् । पोखराका स्वास्थ्यमन्त्री अधिकारी र बुटवलकी उर्जामन्त्री ज्ञवाली एमालेका पश्चिमाञ्चलका अग्रणी नेता हुन् ।
शासन–प्रशासनको काममा नाताबाद कृपावादको विरोध र योग्यता, दक्षता र गुणको कदरको माग गर्दै मुलुकमा ठूल्ठूला क्रान्ती भए । १९९७ सालमा शहिद काण्ड भयो । २००७ सालमा जहानियाँ राणा शासन, २०४६मा निर्दलिय पञ्चायत र २०५२–२०६२सम्म संसदिय व्यवस्था विरुद्ध ठूला आन्दोलन भए । तथापी पात्र फेरिएपनि प्रवृत्ति फेरिएन । विरोध व्यक्तिको होइन, विधि र प्रवृत्तिको हो ।
काङ्ग्रेस, एमाले, माओवादी जोसुकै सत्तामा स्थापित हुँदापनि नातावाद, कृपावाद र भ्रष्टाचार बढेको आम नागरिकको अनुभूति छ ।
स्वास्थ्यमन्त्री अधिकारीले सरकारी चिकित्सकले निजी क्लिनिक संचालन गर्न नपाउने नयाँ कानूनी व्यवस्था सरकारले गरेको जानकारी र निर्देशन दिएपनि यहाँ पालना छैन् । लुम्विनी अञ्चल अस्पतालका सबैजसो चिकित्सकले अस्पताल लाइनमै क्लिनिक संचालन गरेका छन् । नवनियुक्त मेसु खनाल निदान रेडियोलोजी, अध्यक्ष श्रेष्ठ लुम्विनी नर्सिङ होम् र ओसीसरा, स्त्रीरोग विभाग प्रमुख श्रीधर आचार्य सन्तोष मेडिकल, मेडिकल विभाग प्रमुख विष्णु पौडेल प्रज्ञा फर्मा, छालारोग विभाग प्रमुख मणिलाल श्रेष्ठ सुहानयती मेडिकल, बालरोग विभाग प्रमुख किरण पौडेल शिव फर्मामा कार्यरत छन् ।
निजी क्लिनिकमा काम गर्न नपाउने नियम कार्यन्वयन हुन नसक्ने र यो छलफलको विषय मात्र भएको धारणा मेसु खनालको छ । अध्यक्ष श्रेष्ठले पनि यो नियम कार्यन्वयन हुन नसक्ने बताए । स्वास्थ्यकर्मी गुणानिधी खनालले मन्त्री अधिकारीले एकातर्फ निजी क्लिनिकमा चिकित्सक शुल्कमा रु.एकसय बढाएको र अर्कोतर्फ क्लिनिकमा काम गर्न नपाउने निर्णय गर्नु विरोधाभास भएको बताए ।