गुल्मी निर्माण सेवाको ब्रह्मलुट तोडियो
गुल्मी, जेठ ३२ । गुल्मी जिल्लामा विगतको आर्थिक बर्षहरुमा विकास निर्माणको ठेक्कापट्टामा केही ठेकेदारहरुको मिलिमतोमा हुने गरेका आर्थिक अनियमितताको क्रम यसपटक तोडिएको छ । जिल्लामा गत आर्थिक बर्ष २०७२/७३मा सम्पन्न गर्ने गरि गुल्मी निर्माण सेवालाई दिईएको एक अरव रकमको ठेक्कापट्टाको कामबाट केही ठेकेदारहरुको मिलिमतोमा गुमनाम हुन लागेको करिव चालिस करोड रुपैयाँ रकम राज्यकोषमा सुरक्षित फिर्ता भएको छ।
गुल्मी क्षेत्र नम्वर दुईका सांसदचन्द्र भण्डारीले उक्त कुरालाई सामाजिक संजालमार्फत जानकारी गराउँदै निर्माण व्यवसायी र ठेकेदारको मिलेमतोमा गुल्मीको विकास बजेटको एक अरवमा झण्डै चालिस करोड रुपैयाँ गुमनाम हुन लागेको रकम जनताको सजकता, कर्मचारीहरुको पारदर्शिता आदिको कारण राज्य कोषमा सुरक्षित फिर्ता गएको बताउनुभएको छ । उहाँले लेख्नुभएको छ - ' गुल्मेली जनताको सजगता , कर्मचारीहरुको पारर्दशिता र प्रतिस्प्रधामा जोड़ , निर्माण ब्यवसाही गुल्मीमा अतिथि सत्कारको बिगतको क्रम भड.गताका कारण लगभग एक अरवको ठेकापट्टा बाट नजिक ४० करोड़ गुमनाम हुने रक़म बच्दै राज्यकोषमा जादैछ । धन्यवाद सहयोगी पक्ष्यलाइ । देश बनाउन -याल नचुहाउने दृढ़ इच्छा शक्ति भएको त्यागी नेतृत्वको आवश्यक छ । देशको बिकासको लागी राज्यका सबै पक्ष्य गम्भीर र सर्तक हुनु पर्दछ । उमेर र भविष्य भएका ब्यक्तिहरु आफनो सम्पन्नतामा मात्र लाग्नु हुदैन ' ।
गुल्मी जिल्लामा विकास निर्माणका काममा निर्माण कम्पनि र ठेकेदारहरुको मिलेमतोमा विकास.निर्माण बजेटमा हुन लागेको त्यति ठुलो रकमको अनियमततालाई गुल्मेलीहरुले सजकताकारण असफल बनाए । अन्य जिल्लाबासीले पनि यो सिक्नु जरुरी छ । साथै यो रकम फिर्ता गर्न पहल गर्ने सांसद चन्द्र भण्डारी, गोकर्ण विस्ट, पूर्वमुख्यसचिव लिलामणि पौडेल लगायत प्रति गुल्मेली जनता कृतज्ञ छन । जिल्लामा विकास निर्माणका काम यस्ता कहालीलाग्दा आर्थिक अनियमतताले अधुरै रहने, गरिव किसानका छोराछोरी खाडी मुलुक ताकिरहन पर्ने र सिद्धबाबाजस्ता सडकमा भय,त्रास बिच जनताले यात्रा गरिरहने दिनको अन्त्य हुनेछ, आशा गरौं ।