क्लबको आयोजना र रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नम्बर ११ मा अवस्थित भद्रकाली प्राविको प्राङ्गणमा आयोजित रंक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन गरिएको थियो .
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका कार्यकारी अधिकृत टिकाराम ज्ञवालीले वर्तमान समयमा युवाहरु विभिन्न किसिमका कुलत र अपराधमा संलग्न हुने क्रम बढिरहेको अवस्थामा रक्तदान जस्तो जीवनदायी सामाजिक कार्यमा युवाको सहाभागिता बढाउन सकेमा युवाहरुले समाजलाई बुझ्न सक्ने र सिर्जनात्मक कार्यमा संलग्न हुने अवसर पाउने कुरामा जोड दिए. कार्यक्रमका विशिष्ट अतिथि तथा शंकरनगर सामुदायिक वन समुहका अध्यक्ष राम गिरीले स्वस्थ व्यक्तिले गरेको रक्तदानले अरु व्यक्तिको जीवन बचाउने भएकोले रक्तदान सबै भन्दा ठुलो पुन्य कर्म भएको बताए. कार्यक्रममा भद्रकाली प्राविका प्र.अ. डोलराज पाण्डे,क्लबका सल्लाहकार तेज नारायण पाण्डे, घनश्याम न्यौपाने लगायतले क्लबको कार्य र रक्तदानको महत्वको बारेमा बोलेका थिए.क्लबका अध्यक्ष उमपति न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लबका सचिब भवानी प्रसाद भुसालले गरेका थिए भने रक्तदाता र अतिथिहरुलाई क्लबका उपाध्यक्ष शंकर कंडेलले गरेका थिए.
वि.सं. २०६१ सालामा तिलोत्तमा गरपालिकामा स्थापना भएको न्यू लुम्बिनी युथ क्लबले स्थापनाकाल देखि नै हरेक वर्ष रक्तदान, स्वास्थ्य शिविर जस्ता सेवामूलक कार्यक्रम र विपन्न समुदायका लागि आयमूलक कार्यक्रम संचालन गर्दै आएको छ.