गुल्मेली सम्पर्क समाज रुपन्देहीको मुर्गिया शाखा विस्तार

New Elected Members Gulmeli Samaj Murgiya Area
गोकर्ण प्रकाश ज्ञवाली, सैनामैना, २० वैशाख । गुल्मेली सम्पर्क समाज रुपन्देहीले पश्चिम मुर्गियामा शाखा विस्तार गरेको छ । सोमवार मुर्गियामा बसेको गुल्मेलीहरुको वृहत भेलावीच समाजले कार्यसमिति तय गरेको हो । उक्त भेलावीच नरेन्द्र पोखरेलको संयोजकत्व एवं झविन्द्र भण्डारी र धनबहादुर रानाको माइनुटिङमा संचालित निर्वाचनबाट २१ सदस्यीय कार्यसमिति र ५ सदस्यीय सल्लाहकार समिति चयन भएको छ । गठित समाजको मुर्गिया शाखा कार्यसमितिमा अध्यक्ष झविन्द्र खनाल, उपाध्यक्ष विमला अर्याल, सचिव डिल्लीराज घिमिरे, कोषाध्यक्ष कमला आचार्य, सहसचिव अर्जुन भण्डारी मनोनित हुनुभएको छ ।
सदस्यमा गोकर्ण प्रकाश ज्ञवाली, गोमा पौडेल, हिमलाल पौडेल, पशुपति घिमिरे, सुमन ज्ञवाली, झविन्द्र घिमिरे, शालिकराम भुसाल, कुञ्जमणि भुसाल, घनश्याम पन्त, केशवराज ज्ञवाली, निर्मला गौतम र विमल ज्ञवाली, धनबहादुर राना, शिवलाल गौतम रहनुभएको छ
 ।
त्यस्तै सल्लाहकार समितिमा नरेन्द्र पोखरेल, हरिप्रसाद भट्टराई, उमानन्द घिमिरे, मित्रबहादुर एसी, नरहरि अर्याल र दुर्गा गौतम रहनुभएको छ ।
समाजका संस्थापक एवं भैरहवा शाखा प्रमुख कृष्णप्रसाद भण्डारीको अध्यक्षता र महासचिव नारायणप्रसाद पन्तको संचालनमा शुरु भएको कार्यक्रमलाई वयोवृद्ध जेष्ठ नागरिक रामलाल भण्डारीले समापन गर्नुभएको थियो ।
समाजका महासचिव पन्तले गुल्मेली मनहरुलाई जोड्दै विशुद्ध समाजिक सेवाका गतिविधि संचालन गर्ने उद्धेश्यले समाजको स्थापना भएको बताउनुभयो । उहाँले निर्वाचित नयाँ कार्यसमितिलाई यही २२ गते बुधवार बुटवलमा आयोजित एक समारोहवीच सपथ खुवाइने कार्यक्रम रहेको पनि बताउनुभएको छ ।